मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजीदैछ – प्रधानमन्त्री ओली!

काठमाडौं – स**रकारको समृद्धिको यात्रामा नका**रात्मकता फैलाएर अवरोध गर्न खोजिएको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘सरकारको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौं ।

’ प्रधानमन्त्रीले भने – ‘समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्ने, विकास निर्माणमा बाधा हाल्नेलगायतका काम भइरहेका छन्,’

गर्नुपर्ने कामहरूको सूची लामो भएको उल्लेख गर्दै उनले सरकारले समृद्धिको दिशातर्फको यात्रा थालेको बताए । समृद्धिको यात्रामा अघि बढेको सरकारले केही काम सुरु गरेको, केही सुरु हुने अवस्थामा रहेको र केही सम्पन्न भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्र**धानमन्त्री ओलीले कूटनीतिमा वर्तमान सरकारले सफलता हासिल गर्दै गएको दाबी पनि गरे । यही सफलताका कारण विश्व मञ्चमा नेपाल सुनिन थालेको उनले बताए ।

‘हामीप्रति विश्वजगतको ध्यानाकर्षण हुन थालेको छ । हाम्रो गरिमा बढेको छ,’ प्रधानमन्त्री ओलीले भने ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?