मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

न्या*यालय बाट कसैलाई पनी धोका हुँदैन , सुधारमा लागिपरेको छु : प्रधानन्यायाधीश!

 

काठमाडौँ । प्रधा**नन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायको अनुभूति गर्ने आशाको केन्द्रबिन्दु न्यायपालिका भएको बताउनुभएको छ । सर्वाेच्च अदालत बार एसोसिएसनको ४७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “न्यायपालिकाको सुधार र परिमार्जन गर्न तथा यसको गरिमालाई उच्च राख्न सम्बन्धीत सबै पक्ष सक्रियताका साथ लाग्नुपर्दछ ।

” प्रधानन्यायाधीश जबराले आफूले नेतृत्व गरेको संस्थालाई बुद्धिले भ्याएसम्म स्वतन्त्र, सक्ष्म र सुदृढ बनाउन लागिपरेको बताउनुभयो । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले आचारसंहिताको पालना कडाईका साथ गर्न न्यायाधीश र कानून व्यवसायीलाई आग्रह गर्नुभयो ।

“समाज फौजदारीकरण हुँदैछ, कानून व्यवसायी पेशामा इमान्दार भएर बस्नुस्”, उहाँले भन्नुभयो, “न्यायालय जनताको अन्तिम आशाको केन्द्र हो ।

” नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून व्यवसायीको आचरणले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै न्याय सम्पादनमा सहयोग पु¥याउनका लागि पारदर्शी ढङ्गबाट न्यायपालिकाको इज्जत राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सर्वोच्च बारका संस्थापक अध्यक्ष स्व वरिष्ठ अधिवक्ताद्वय कुसुम श्रेष्ठ र वासुदेव ढुङ्गानाले न्याय क्षेत्रमा पु¥याएको योग**दानलाई स्मरणसमेत गरिएको थियो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?