मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बाँस्कोटाको अडियो बाहिर्‍याउने मिश्रलाई प**क्राउ गर्न संसदीय समितिको प*त्राचार!

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सांसदहरूको चरित्र हत्या र संसदीय समितिको अपमान गरेको भन्दै दुईजनालाई पक्रेर कार्वाही गर्न प्रहरीसमक्ष उजुरी दिएको छ । समितिका सदस्य र समितिबारे अफवाह फैलाएको भन्दै पक्राउ गरी कार्वाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई समितिले पत्र लेखेको हो ।

समितिको बिहीबारको बैठकमा नेकपा संसद सूर्य पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर फेसबुकमा प्रभातकिशोर उपाध्यायले अफवाह फैलाएको भन्दै आपत्ति जनाएका थिए ।

उपाध्यायले सांसदहरूका नाम र तस्बिरसहित कति रकम दिइयो भन्दै फेसबुक अकाउन्टमा लेखेका थिए ।

त्यस्तै, स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रले संसदीय समितिले गलत निर्णय गर्न लागेको भनेर एक अनलाइन पोर्टललाई बताएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए । 

मिश्रले नै निवर्तमान सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग गरेको कुराकानीको अडियो सार्वजनिक गरेका थिए । 

जर्मन कम्पनीलाई सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस नेपालमा स्थापना गर्न दिन लागिएको थियो भनेर बोलेकोमा पनि पक्रेर अनुसन्धान गर्न समितिले भनेको छ । 

समिति सभापति भरतकुमार शाहको निर्देशनपछि सचिवालयले प्रहरीलाई पत्र लेखेको हो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?