मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बरु प्रधानमन्त्री पद धरापमा परोस्, तर भ्रष्टहरुलाई संरक्षण गर्दिनँ: प्रधानमन्त्री ओली!

1 min read

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैको पनि मुख नहेरी एक्सन लिने बताउनुभएको छ ।काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पदमा पुर्‍याउनुको अर्थ लुट्न छुट नभएको भन्दै आफूले भ्रष्टाचार गर्नेको मुख नहेरी कारबाही गर्ने बताउनुभयो । 

भ्रष्टाचारप्रतिको शून्य सहनशीलता भन्ने मात्रै कुरा नभइ काम गरेर देखाउने आफ्नो बानी रहेको प्रधानमन्त्रीको भनाइ छ । 

‘सु**शासनका लागि चाल्नुपर्ने कदममा म हिच्किचाउँदिन,अफ्ठ्यारा र कठिनाइ त अवश्य आउँछन्, कहिले कहिले मलाई मान्छेहरुले भन्छन्- तेरो पद धरापमा पर्ला नि भनेर, 

तर मलाई पद धरापमा पर्ला भन्ने चिन्ता लाग्दैन, मैले त सिस्टम बनाउने हो ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?