मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सकिन्छ सबैको भलो सोचौं सकिदैन कसैको कुभलो नसोचौं : समाजसेवी इशा गुरुङ

पोखरा जस्तो अतिनै रमणीय ठाउँमा जन्म सँगै हाल लण्डनमा बस्दै आउँनु भएकी आदरणीय समाजसेवी इशा गुरुङको निम्ती बर्णन गर्नको लागी शब्दहरु कम्ती नै छन्। उहाँ एक अब्बल , मृदभाषी, अशल, सबैको भलो चिताउने अहोरात्र समाजसेवामा तल्लिन, आफ्नो मुलुकलाई प्रगती तर्फ धकेल्न चाहने , समाज साथै हरेक मानिसहरुमा सकारात्मक भाव फैलाउन चाहने नारी हुनुहुन्छ । उहाँको समाजसेवाको बारेमा सबै सकारात्मक मनहरुलाई प्रष्ट रुपमानै अवगत छदै छ ।

 

उहाँको समाजसेवामा कुनै पनी भेदभाव लुकेको त के सोचिएको पनी हुन्न तर यदाकदा विवादास्पद व्यक्तित्वहरुको केहीँ अमर्यादीत लेखन साथै टिका टिप्पणीले उहाँको कार्यमा थोरै मात्रामा आँच आएको अनुमान संन्जालबाट प्रष्टै अनुमान गर्न सकिन्छ । उहाँ भन्नु हुन्छ , जे गरे पनि सुख छैन जिबनमा आखिर मरेर जाने चोला हो , सकिन्छ सबैको भलो सोचौ सकिदैन कसैको कुभलो नसोचौ । साथै राष्ट्रहितको निम्ती अहोरात्र खटीने जो कोही सकारात्मक मनहरुलाई साथ र समर्थन गर्दै , हौसला साथै आत्मबल बढाई दिदै जानु हामी सबैको कर्तव्य हो नै हो ।

 

देश भन्दा बाहीर बसेर भए पनी हरेक क्षेत्रमा अतुलनीय योगदान दिदैं आउनुभएकी आदरणीय इशा गुरुङ ज्यु का समर्थकहरु कयौं मात्रामा छन्। नहुन् पनी किन? सदैव सकारात्मक पदमा लम्किने हरु जो कोहीँ लाई सज्जन महानुभाव हरुको सदैव साथ , समर्थन र हौसला आउँनु स्वाभाविक नै हो । यसको अलवा विरोधीहरु पनी यदाकदा भएको पाईन्छ! उहाँ आँफै भन्नु हुन्छ जिवनमा प्रशंसक मात्र भए भने मात्तिएर बल्ड्याङ खान सक्ने सम्भावना हुन्छ त्यसैले आलोचक पनी हुन जरुरत देखिन्छ किनकि आलोचनाले मानवलाई अझ प्रगतीपद तर्फ अघाडी बढाउनको निम्ती मद्दत गर्दछ ।

 

उहाँले गर्नु भएका अतुलनीय साथै अगन्य सेवाहरुको लेखाजोखा राख्नको निम्ती शब्दहरु पर्याप्त हुँदै हुन्नन् तर पनी उहाँले मुख्य कार्यहरुको निम्ती पनी सदैव सहयोग गर्दै आउँनु भएको सुन्न र देख्न पाईन्छ । कालीकोट जस्तो दुर्गम क्षेत्रमा आदरणीय चर्चित सन्चारकर्मी रबी लामीछाने ज्युको नेतृत्वमा बन्दै गरेको रास्कोट सामुदायिक अस्पतालको निम्ती पनी पुर्ण समर्थन इशा ज्युको छ साथै सहयोग पनी गर्नु भएको पाइएको छ । त्यस्तै चर्चित कलाकार धुर्मुस अनी सुन्तली को नेतृत्वमा जनस्तरबाट निर्माण हुँदै गरेको गौतमबुद्व अन्तराष्ट्रिय क्रीकेट रङ्गशालामा पनी उत्तिकै साथ , समर्थन अनी योगदान रहेको छ । इशा अब नाउँ मात्र नभएर एक प्रेरणा भएको पाइन्छ । उहाँले गरेको सत्कर्महरुबाट सबै प्रेरित बनी धेरै नै सत्कर्मको पदमा आउँनु भएका उदाहरणहरु सबैमाझ प्रष्ट नै छ ।

 

उहाँको वचन, बिचार, भाव साथै सत्कर्महरुलाई मनन गर्दै सबै महानुभावहरुले राम्रो ज्ञान लिन अतिनै आवश्यक देखिन्छ । समाजलाई परिवर्तन गर्ने अठोट छ भने आजै बाट तपाईं हामी पहिला आँफै परिवर्तन भएर सकारात्मक रुपले हातमा हात र काधमा काँध मिलाएर सबै एक भएर अघाडी बढ्न जरुरत छ ।

 

 

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?