मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पदको ध*रहरा बाट सबै बामपुड्के देखिए, से*रोफेरो सबै मेरो भो: पुण्य गौतम

पुण्य गौतम भन्ने बित्तिकै सबैको आँखामा झलल हुन्छन् नै ! उनी सदैव व्यथितीहरु साथै सामाजिक घटनाहरुको बिरुद्वमा आफ्ना आवाजहरु सशक्त ढङ्गले सकारात्मक ढङ्गबाट बुलन्दीत गर्दै आएका छन्। नेकपामा उच्च धार भएका यी युवाले प्रायः  सबै सँग डिवेटमा पौठाजोरी मार्दै आएका छन्। ७० करोडको काण्ड पस्चात उनी संन्जालमा लेख्छन् :

पदअनुरूप शालिनता,नैतिकताको खडेरीभो/तित्राको मुखै बैरी,थुन्सेको बिरालो म्याउ गर्यो/खिर्राको बोटम जाईफल फलेन/मरिच चाउरियो उसकै रागले!

घातक कागे बचनले पतन भो/धोतीको जुम्रो टोपीमा पुग्दा उत्पात चुरिफुरी भो/घोसेमुण्टो लाएर अझै मिथकीय फिनिक्स चराझै खरानीबाट उडने चाहना छ!

पदको धरहराबाट सबै बामपुडके देखिए/सेरोफेरो सबै मेरो भो/धरहरा ढल्यो/मरेको जीवलाई उपियाले नि छोडे/बर्खामा उर्लेको खहरे स्याप्पै सुकेछ!

प्रायः  हरेक तवरले केहीँ न कतैंबाट उनी एक पल्ट न एक पल्ट विवादमा आउँदै गरेको पाईएको छ । करोडको काण्डमा भने उनीले कडै रुपले स्टाटस पोष्ट्याइएको पाईएको छ । नेकपा निकट नै भएर होला प्रायः  जोगाउन खोज्ने प्रवृत्त देखिन्थ्यो नै तर आज आएर बाण कडा नै दिएका छन्। सहि नेतृत्वलाई साथ दिऔं ।

 

 

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?