मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

उ*पप्रमुखद्वारा स’रकारी गाडीको दु**रुपयोग!

रामेछाप– जिल्लाको मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले सरकारी गाडीको दु**रुपयोग गरेकी छन्। शुक्रबार शिबरात्रिको सा**र्वजनिक विदाको दिन जन्त जानका लागि सरकारी गाडी लिएर जिल्लाको रामेछाप नगरपालिकाको साँघुटार बजार पुगेकी हुन्। आफ्नै नगरपालिकाको कर्मचारी रहेका सुवास काफ्लेको विहेमा जन्त जानका लागि एकातिरको पास बनाएर अर्कोतिर हानिएकी हुन्।

शुक्रबार र शनिबार सा’र्वजनिक विदा परेकोले सरकारी काम भन्दै उनले रामेछाप काठमाडौ हुँदै हेटौंडासम्मको पास लिएको सहायक प्रमुख जिल्ला अधिकारी भाष्कर दाहालले जानकारी दिए। तर सरकारी पास एक प्रयोजनले बनाएर नगर क’र्मचारीको विवाहमा साँघुटार पुगिन्। कार्कीले साधन मात्र हैन सरकारी पासको समेत बे**वास्ता गरिन्।

विवाहमा जान हिडेकी उपप्रमुख माया कार्की चढेको बा २ झ २४०७ नम्बरको सरकारी गाडीमा जन्ती समेत खचाखच बसेका थिए। सरकारी गाडीको दुरु**पयोग गरिएको भएमा गाडीलाई नियन्त्रण लिन ट्राफिक प्रहरीलाई निर्देशन दिएको नगर प्रमुख रमेश बस्नेतले बताए। उनले कानुन विपरितका काम गर्न कसैलाई छुट नभएको बताए।

विवाहमा सामेल हुन पुगेकी उपप्रमुख कार्कीले गाडीलाई भनि साँघुटारस्थित प्रहरी चौकीमा राखेर बैवाहिक कार्यक्रमा सहभागी भएको बताइएको छ। पास एकतिरको लिएर अर्को तिर गएको विषयमा थप के हो बुझ्ने जिल्ला प्र’शासन कार्यालय रामेछापले जनाएको छ। 

यता उप,प्रमुख कार्कीले भने आफ्नो कार्यक्षेत्र सालु भएको र कार्यक्षेत्रमा गएको र थप कार्यक्षेत्र बाहिर पनि घुम्न जाने अ**धिकार समेत आफूलाई भएको प्र**तिक्रिया दिइन्।  

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?