मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भ्र*ष्टाचार गर्ने छुट क’सैलाई छैन’ : प्र’धानमन्त्री

काठमाडौं ! प्रधानमन्त्री केपी शर्मा ओलीले भ्र**ष्टाचार गर्ने छुट कसैलाई न’भएको बताएका छन् ।प्रधानमन्त्री ओलीले स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने बताएका हुन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासनका लागि चाल्ने कदममा आफु नहिचकिचाउने बताए ।

जनप्रतिनिधिलाई रुलिङ पो**जिसनमा पु¥याउनुको अर्थ लुटका लागि नभएको उल्लेख गर्दै ओलीले अहिले विकासका लागि उपयुक्त वातावरण भएको पनि बताए ।

प्रधानमन्त्री ओ’लीले यहि चालले अघि बढ्यो भने प्रधानमन्त्री पद धरापमा पर्ला भनेर धेरैले भन्ने गरेको उल्लेख गर्दै भने, ‘मलाई त्यसको चिन्ता छैन । प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने होइन्, एउटा सिस्टम बसाउने हो । 

हजार वर्ष कसैले पनि रु**ल गर्दैन । जतिसुकै सफल भएपनि प्रकृतिले धेरै लामो समय रुल गर्न दिँदैन, मान्दैन ।’ प्रधानमन्त्री ओलीले लामो समय शासन गर्न खोज्दा परिणाम राम्रो नहु**ने बताए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?