मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

MCC ने’पालको हि’तमा छै*न : झलनाथ खनाल !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एमसिसी अध्ययन कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) स**म्झौता यथास्थितिमा अनुमोदन नगर्न पार्टीलाई सुझाव दिएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइएको प्रतिवेदनमा सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको हो ।

कार्यदलका संयोजक झलनाथ खनालले एमसिसीको अहिलेको प्रावधानअनुसार अनुमोदन गर्न नसकिने जान’कारी दिए । एमसिसी सम्झौता नसच्याई अनुमोदन नगर्न आफूहरुले सर्वसम्मत सुझाव दिएको उनले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने, ‘हामीले २० दिन लगाएर अध्ययन गर्यौं । अहिलेको अवस्थामा एमसिसी नेपालको हितमा छैन । अहिलेका प्रावधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र सम्प्रभूताविरुद्ध छ । त्यसैले यथाअवस्थामा अनुमोदन गर्न सकिँदैन ।’

एम**सिसीका विषयमा नेकपामा तीब्र विवाद भएपछि माघ १९ गते कार्यदल गठन भएको थियो । कार्यदलले २० दिनमा पार्टी अध्यक्षलाई सुझावसहितको प्रतिवेदन बुझाएको छ । खनाल नेतृत्वको कार्यदलमा स्थायी कमिटी सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् ।

अब पार्टीको सचिवालय बैठकले एक दुई दिनभित्रै एमसिसी के गर्ने भन्ने विषयको टुंगो लगाउने छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?