मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सन् २०२० मा संसारको ध्यान कुन मुद्दामा ?

अंग्रजी नयाँ वर्ष अर्थात् जनवरी १ बुधबारदेखि सुरु हुँदैछ । जसका विषयलाई लिएर यतिबेला बेग्लाबेग्लै भविष्यवाणी गरिएको छ । तर भविष्यमा यी तलका विषयलाई लिएर चर्चा होला ? यो आलेखमा ती व्यक्तिहरुको चर्चा गरिएको छ, जो आउँदा वर्ष विशेष चर्चामा रहने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनको अनुमान लगाउनु अहिले नै हतार हुनेछ । व्हाइट हाउसमा अहिले पनि रिपब्लिकनका डोनाल्ड ट्रम्प सत्तामा छन् । उनका विरुद्ध अहिले महाअभियोगको प्रकृया जारी छ । डेमोक्रेटिक पार्टीले अहिलेसम्म उम्मेदवार छनोट गरिसकेका छैन । तर यो स्पष्ट छ, सिनेटको दौड महत्वपूर्ण हुनेछ किनभने अमेरिकामा ३ नोभेम्बरमा मात्र यो निर्वाचनको प्रकृया सुरु हुनेछ ।

माथिल्लो सदनले मात्र राष्ट्रपति नियन्त्रणका लागि सजिला वा अप्ठ्यारो बनाउने छ । सिनेटले विधायी एजेन्डा र कानुनको फैसलामाथि अन्तिम निर्णय दिनेछ । वर्तमान रिपब्लिकन्सका १० सिटमध्ये ५३ मा कब्जा छ । तर ट्रम्पको पार्टी चुनावमा २३ सिटमाथि कब्जा गरिसकेको छ, जब डेमोक्रेट्ससँग १२ सिट मात्र छ । तल्लो सदन हाउस अफ रिप्रेजेन्टिभमा यसबेला डेमोक्रट्सको बहुमत छ । ट्रम्पले पुनः चुनाव जित्न सक्छन्, तर सिनेटको पासा पल्टियो भने त्यो मुस्किल हुनेछ ।

अरबमा नयाँ क्रान्ती
स २०१९ को आधा समय इजिप्ट र लेबनानमा विरोध प्रदर्शन भएको थियो । वर्षको सुरुवातदेखि ६ महिनासम्म अल्जिेरिया र सुडानमा प्रदर्शन भएको थियो । त्यसपछि विश्लेषकहरुले भनेका थिए– ‘अरबमा नयाँ क्रान्ति’ यसलाई सन् २०११ सँग जोडेर हेरिएको थियो, जब अरब देशमा विरोध प्रदर्शन चलेको थियो । कार्नेज मध्य पूर्व केन्द्रका शोधकर्ता दालिया गानम भन्छन्, ‘सन् २०१९ मा अल्जिरिया, सुडान, इराक र लेबनानजस्ता चार देशमा विरोध प्रदर्शन देखियो । सन् २०११ को ‘अरब स्प्रिङ’ भन्दा यी देश बाहिर थिए ।
असहमतिका यो नयाँ सिजन
सन् २०२० मा यो प्रदर्शनले अझ गति लेला ? यस विषयमा पेरिसका पिएसएल विश्वविद्यालयका प्राध्यापक र अरब मामिलाका जानकार इशाक दिवान भन्छन्, ‘मानिसहरुको यो असहमतिको लहर अन्य देशमा समेत फैलन सक्छ ।’ उनी भन्छन्, सन् २०११ मा प्रदर्शनको लहर आर्थिक स्थितिको कारणले उत्पन्न भएको थियो । त्यसबेला आर्थिक मन्दी थियो, नागरिक ऋणमा डुबेका थिए र बेरोजगार संख्या उच्च थियो । सन् २०११ को विरोध प्रदर्शनका बेला नागरिकहरु तड्पिएका थिए र अहिले पनि उनीहरु प्रदर्शनको भोका छन् ।

त्यहाँ अरु पनि छन् ?
हाम्रो सौर्यमण्डलको बाहिर अर्को ग्रह अस्तित्वमा आउनु नयाँ कुरा रहेन । सन् १९९० पछि अहिलेसम्म ४ हजार ग्रह भेटिसकेका छन् । १८ डिसेम्बरमा प्रक्षेपित गरिएको ओप्स स्पेस टेलिस्कोपको माध्यमबाट यो क्षेत्रमा नयाँ द्वार खुलेको छ । युरोपियन स्पेस एजेन्सीको यो अन्तरिक्षयानले विगत वर्षमा झन्डै ४ देखि ५ सय नयाँ जटिल ग्रह खोजिसकेको छ ।
यो अन्तरिक्षयान नयाँ पुस्ताका खोजकर्ताका लागि नयाँ ग्रहका बारेमा अधिक जानकारी दिनेछ । सन् २०२१ मा नासाको जेम्स वेभ टेलिस्कोप प्रक्षेपित हुँदैछ, यसले विविध नयाँ जानकारी उपलब्ध गराउने विश्वास गरिएको छ ।

हङकङको चुनावमा चीनको नजर
हङकङमा केही महिना अघिदेखि चलिरहेको विरोध प्रदर्शनपछि त्यसका नेताले सन् २०२१ मा नयाँ चुनौति देख्न सक्ने छन् । ‘पिपल्स रिपब्लिक अफ चाइना’ अर्थात्् चीन र ‘रिपब्लिक अफ चाइना’ अर्थात् ताइवान एकअर्काको सम्प्रभुतालाई मान्यता दिँदैनन् । दुवै आफूलाई आधिकारिक चीन मान्छन् । मुख्य भूमि चाइना र ताइवानद्विपका आधिकारिक प्रतिनिधि भएको दाबी गरिरहेका छन् । ताइवानमा ११ जनवरीमा राष्ट्रपतिको चुनाव हुँदैछ । बेइजिङका लागि यो सुखद् समाचार नहोला, तर स्वतन्त्र समर्थकहरुका लागि हङकङमा लोकतन्त्रको समर्थनमा भएको प्रदर्शनलाई त्यसले हावा भरेको छ । १७ डिसेम्बरमा भएको एउटा सर्वेमा साई आफ्ना मुख्य प्रतिद्वन्द्वी हान कुओ–यु (बेइजिङ समर्थित उम्मेदवार) भन्दा ३८ प्वाइन्टले अगाडि देखिएका छन् ।

अफ्रिकामा सिंह दौडाउने तयारी
सन् २०१९ को ३० माईमा अफ्रिकी महाद्विपीय स्वतन्त्र व्यापार क्षेत्र (एएफसिएफटिए) अस्तित्वमा आएको थियो । यो संगठनमा ५४ देश छन् । यस आधारमा यो सबैभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र हो । यसको राजनीतिक, आर्थिक र कूटनीतिक क्षेत्रका लागि कोषे ढुंगाको रुपमा परिभाषित गरिएको छ । यो यस प्रायद्विपको वृद्धिमा सहायक बन्नेछ ।
स्वतन्त्र व्यापार जुलाईबाट सुरु हुनेछ र अफ्रिकी देशको व्यापारमा यसले प्रोत्साहन गर्छ भन्ने अपेक्षा गरिएको छ । सन् २०१८ मा अफ्रिकी देशका बीच व्यापारमा २० प्रतिशतले गिरावट आएको थियो ।

ओलम्पिकमा हुनेछन नयाँ बच्चा
ओलम्पिक खेलमा युवाहरुले उदूम मच्चाइ रहेका छन् । अमेरिकी तराक मार्जीरी ग्यास्ट्रि १३ वर्षकी थिइन् जब उनले सन् १९३६ को बर्लिन ओलम्पिकमा स्वर्ण पदक जितेकी थिइन् । उनी त्यसबेला कम उमेरमा स्वर्ण पदक जित्ने खेलाडी भएकी थिइन् । भनिन्छ, ७ देखि १० वर्षको उमेरमा एक फ्रेन्च युवाले नेदरल्यान्ड नौकायान टिमको तर्फबाट सन् १९०० को पेरिस ओलम्पिकमा शीर्ष पुरस्कार दिलाएका थिए ।
त्यसो त स्काइ ब्राउन त्योभन्दा पनि अगाडि देखिए । ११ वर्षीया ब्रिटिस स्केटबार्डरमा सेप्टेम्बरमा विश्व च्याम्पियनसिपमा कास्य पदक जितेका थिए । यदि उनी ओलम्पिकका लागि छनोट भए भने ब्रिटेनको सबैभन्दा कम उमेरका ओलम्पिक खेलाडी हुनेछन् ।
ओलम्पिक खेल २४ जुलाईदेखि ९ अगस्टसम्म टोकियोमा हुनेछ । ओलम्पिकमा स्केटबोर्डिङलगायत वाल क्याइमिङ, सर्फिङ, कराते र सफ्टबललाई पहिलो पटक समावेश गरिएको छ ।

मलेरिया अन्त्य हुने
मच्छरले टोकेर हुने मलेरियाका विरामीका कारण सन् २०१८ मा ४ लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको हो । उसले मलेरियाबाट २२ दशमलब ८ करोड पीडित भएको बताएको छ । शुभ समाचार अब यसका पीडित हुनेको संख्या विस्तारै घट्दै गएको छ । सन् २०२० सम्म मलेरियाका विरामीको संख्या शुन्यमा झार्नेछ । चीन त्यसमध्ये एक यस्तो देश हो, जहाँ सबैभन्दा बाक्लो बस्ती छ । कुनै बेला चीनमा ३ करोड मानिस मलेरियाले मरेका थिए । यस्तै दोस्रोमा इरान, बेलिज, बेलिज, अलसाल्वाडोर, सुरिनाम, काबो बर्डे, भुटान, पूर्वी टिमोर र मलेसियाजस्ता देशको नाम क्रमशः आउँछ । विश्व स्वास्थ्य संगठन भन्छ, खतराको सूचिमा रहेका ९१ देशमध्ये ३८ देशले मलेरियामुक्ति राष्ट्र घोषणा गरिसकेका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?