मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्र’धानमन्त्रीको ज’न्मदिन : गाउँपालिकामा बिदा, आ’गन्तुक अनिवार्य उ’पस्थिति हुनै पर्ने!

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६९ औं जन्मदिन मनाउन जन्मथलो आउने भएपछि तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक वि*दा दिएको छ । गाउँपालिकाले कर्मचारी तथा शिक्षकहरुलाई ड्रेस कोड नै तोकेर जन्म दिनको कार्यक्रममा अनिवार्य सहभागी हुनसमेत भनेको छ ।

प्रधानमन्त्री ओ**लीको जन्म घर तेह्रथुमको आठराई गाउँपालिका–४ (साविकको इवा गाविस– २ खानीगाउँ)मा पर्दछ । हाल सो घरमा प्रधानमन्त्री ओलीका भाइ कृष्णप्रसाद बस्दै आएका छन् ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुका अनुसार प्रधानमन्त्री ओलीको जन्म दिवस मनाउने कार्यक्रम उनी जन्मिएकै घरमा आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्रीले चार सय जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र १५ सय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने छन् ।

त्यसअघि प्र**धानमन्त्री ओलीले सुकेपोखरीदेखि भानु आधारभूत विद्यालय हुँदै ढुंगेसाँघुसम्म पुग्ने सडकको शिलान्यास र आठराईमा नेपाल बैंकको शाखा कार्यालय उदघाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

पुनः मिर्गौला प्र**त्यारोपणको तयारी भइरहेको बेला प्रधानमन्त्री ओलीले ६९ औं जन्म दिन जन्मथलोमै मनाउने इच्छा व्यक्त गरेका थिए । प्रधानमन्त्रीको सहजताका लागि जन्मघर नजिकै हेलिप्याडसमेत निर्माण गरिएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?