मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

गोकुल बाँस्कोटा जती इमानदार र राष्ट्रभक्त अरु कोही नेता छैन : श्रीकृष्ण धिमाल’

गोकुल बाँस्कोटाका छिमेकी श्रीकृष्ण धिमाल संन्जालमा ७० करोड काण्ड पश्चात् यसरी लेख्छन् :

फेरि पनि लेख्छु म हजार पटक लाख पटक लेख्छु “कृष्ण प्रसाद भट्टराइ पछि यो देशमा गोकुल प्रसाद बास्कोटा जति इमानदार, देशभक्त र कर्तव्यनिष्ठ देश, संनातन धर्म र जनताहरु प्रती इमानदार नेता कोइ छैन!”
#प्रिय_गोकुल_तिमी_निर्दोष_भएको_हेर्ने_काभ्रेपलान्चोकका_जनताको_इच्छा _छ
जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला, एनिमेसन होला, के के होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो ।

तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन र ढ्याक्क राजीनामा दिएको हो । यसमा पिर मान्नु पर्दैन ।यसमा अब अख्तियार, सीआइबी, संसद र पार्टीले पनि छानविन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ । मेराबारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु ।

यी भनाइ हुन् निवर्तमान संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका । निवर्तमान मन्त्री बाँस्कोटाको यो भनाइ सँगै उनले आफु माथि लागेको आरोप छानबिन गर्नको लागि आफ्नो तर्फ बाट मार्ग प्रसस्त गरेका छन् । उनी बाट गल्ती कमजोरी भएको थियो थिएन त्यो कुरा छानबिन पछि थाहा होला तर बाँस्कोटाले नेपालको राजनितीमा नयाँ कुरा के ल्याए भने म ठिक कि बेठीक भन्ने कुरा मैले भन्ने होइन यो कुरा त छानबिन गर्ने निकायले बाहिर ल्याउने हो । कमजोरी कसैले लुकाएर लुक्दैन सत्य कसैले छिपाएर छिप्दैन यथार्थ कुरा बाहिर ल्याउनुपर्छ ।

आफुले गल्ती गर्दा मैले गल्ती गरेकै छैन मलाई फसाईयो भन्ने नेता र हाम्रो नेता लाई षड्यन्त्र मुलक ढंगले फसाईयो भन्दै सात सल्ला उफ्रने कार्यकर्ता तथा सदन अबरुद्ध पार्ने दललाई गतिलो पाठ छोडेर गएका छन् । प्रधानमन्त्री निबास बालुवाटारमा राजिनामा दिए सँगै उनले सरकारी गाडि र सुरक्षा कर्मि लाई त्यही छोडेर अरुको गाडीमा लिफ्ट लिएर घर फर्किएका छन् ।

बाँस्कोटा माथि लागेको अकल्पनीय आरोपले स्वाभिमानी कार्यकर्ताको मन दुखेको छ । लाखौं जनताको आखा रसाएको छ ,अनुहार मलिन छ , सबैमा एक किसिमको सन्नाटा छाएको छ । प्रतिकृयाबादी दलाल ,तस्कर तथा बिकास र समृद्धि बिरोधिहरुमा खुसियाली छाएको छ । स्वयं आफ्नै पार्टी भित्रको एउटा तत्वले ठुलो हुन्थिस् बल्ल खाईस भनेको छ । गोकुल हटेको खुसियालीमा राति अबेरसम्म धेरै ठाउँमा रक्सी पार्टी पनि भैरहेको छ ।

यी सबथोक हुनु कुनै नौलो कुरा होइन । किनकि उनले लिने गरेको अडान र उनमा रहेको दृढ ईच्छा शक्ति लुटेरा हरुको निम्ति बाधक थियो । तर बिडम्बना आज उल्टो भएको छ ।

तर पनि बाँस्कोटा तिमिले कार्यकर्ता लाई नारा लगाउन भनेनौं,म ठिक छु भनेर कुर्लिएनौं,छानबिनको जिम्मा अरुलाई नै लगायौ , आरोप पुष्टि नभए पनि राजिनामा दियौं ,राजिनामा दिए सँगै सबै सरकारी सुबिधा छोड्यौ यस्तो ईच्छा शक्ति बिरलै नेतामा पाईन्छ ।
जेहोस् तिमी प्रतिको जनताको पुरानो बिस्वास यथावत् रहने अबस्था सिर्जना होस् । बाँस्कोटा तिमी निर्दोष भएको देख्ने जनताको ईच्छा पूरा होस् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?