मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

एक ब्यक्तीका लागि सं’विधान नै संशोधनको प्रयास, यो त अति नै भयो’: सन्चारकर्मी रबी लामिछाने

1 min read

चर्चित एवम्  सबै सकारात्मक मनहरुमा छाउन सफल  सन्चारकर्मी आदरणीय  रबि लामिछाने भन्ने बित्तिकै  सबैले  चिन्नु नै भएको छ ।  उहाँ सन्चार क्षेत्रमा रहेर पनी अनेकौं सत्कर्महरु गर्दै आउँनु भएको हामी  सबैले देखेका नै छौं । उहाँ जस्तो सन्चारकर्मी हाम्रो नेपालमा ५/१० जनाको जन्म हुने हो भने मुलुक विकासको निम्ती धेरै लाग्दै लाग्दैन भन्ने अनुमान सोहोजै गर्न सकिन्छ ।

उहाँको नेतृत्वमा हरेक सत्कर्महरु समाजको निम्त्ती साथै आवाजबिहिन अनी दुखी, गरिब र असाहाय साथै पिडित बर्गको लागी हुने गर्दछ ।   हरेक भ्रष्टाचारी , दलाली , घुसखोरी , नकावधारी, चोर , डाका साथै फटाहाहरुलाई  एक चर्चित कार्यक्रम सिधा कुरा जनतासँगमा सुरुवाती दिनहरुबाट नै पर्दाफास  गर्दै उहाँ र उहाँको टिमले उच्च कार्य गर्दै र अरुलाई त्यहीँ तरिकाले गर्नको निम्ती  हौसला प्रदान गराउँदै आउँनु भएको छ ।

 

सकारात्मक कार्यहरुबाट जलेर र आफुँ चर्चामा न आए पछी केही त्यस्ता तत्वहरुले बेला बेलामा उहाँको नाउँ लिदैं भाईरल हुन खोज्ने कार्य हुँदै आएको तपाईं  हामीले देख्न पाईन्छ तर आलोचनाले सत्कर्म गर्ने मनलाई अझ हौसला मिली माथि जानको निम्ती उर्जा मिल्ने नै छ । आदरणीय  रबि लामीछाने ज्यु र उहाँको टिमको उच्च कस्र्यहरुको बर्णन गरेर सकिदै सकिदैन किनकी कार्यक्रमको भाग -५०० पुग्न लागी सकेको अवस्थामा कत्ती के के भए तपाईं  सम्पुर्णमा जगजायर नै छ ।

हरेक व्यथितिहरुको बारेमा साथै आवाज बिहिनहरुको बारेमा एक बुलन्द आवाज बनी सदैव आईरहनु हुने आदरणीय  रबि लामीछाने ज्यु ले हरेक कुराहरुको अध्ययन गरी बोल्नु मात्र हैन संन्जालमा लेखी  तपाईं  हामी सबैलाई ध्यानाकर्षण साथै उत्प्रेरणा  प्रदान गर्दै र गराउँदै  आउँनु भएको छ । आज उहाँले राजनितिक विषयमा लेख्दै भन्नु हुन्छ :

”गजब नाटकको मंचन हुने तयारी हुदैरहेछ। राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरि संविधान संशोधनको गृह कार्य गर्न नेकपाले माधव नेपालको संयोजकत्वमा कार्यदल बनाएछ। जनताले नपत्याएकाहरुलाई प्रम बनाउने भए अब चुनाब किन गरिरहनु पर्यो ? एक ब्यक्तीकालागि संविधान नै संशोधनको प्रयास? यो त अति नै भयो।”

सत्कर्मी मनहरु सबैलाई साथ , समर्थन र हौसला दिदै तपाईं  सम्पुर्ण सकारात्मक  मनहरु एक जुट भएर मुलुक विकासको निम्ती अघाडी बढ्नु पर्छ । 🙏

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?