मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

उ’खाने प्रधानमन्त्री ज्यु यो’त अति भयो अरुको मिर्गौलाले नेपालको नक्सा चपाउन सक्नुहुन्छ त? सुबिनराज शेर्पाली

आफ्नो मातृभुमिलाई सदैव माया गर्दै प्रवासबाट सुबिनराज शेर्पाली ज्यु लेख्नुहुन्छ : 

उखाने प्रधानमन्त्री ज्यु योत अति भयो अरुको मिर्गौलाले नेपालको नक्सा चपाउन सक्नुहुन्छ त?

सर्बप्रथम देशको कार्यकारी प्रमुख  सम्मानित प्रधानमन्त्री ज्यु साउदिको प्रचण्ड गर्मी बालुवाको  उर्वरा मरभुमिको तातो समुन्द्री किनार देखि हार्दिक नमस्कार अनि जन्म दिनको हार्दिक शुभकामना व्यक्त गर्दछु।

तपाईं देशको प्रमुख कार्यकारी पदमा रहदा जतिसुकै परिस्थितिमा भएपनी व्यरोजगार,गरिबी अशिक्षा सबै हताएर देशलाई समबृद्दीको यात्रामा खुशी नेपाली बनाउने सपना बोक्ने देशको राजनेता आज देशकै वैईजत हुने गरि नेपाल आमाको छात्तिमा किन केक बनाएर चक्कु प्रहार गर्नुभयो आम नेपाली जनतालाई कसरी बुझाउनु हुन्छ अबका राजनीतिक दिनहरुमा??

सल्लाहकार सुर्य थापा जस्ता बिद्वावान को सल्लाहमा होकि ७० करोड डिलिङ्ग गोकुल वास्तौलाको सल्लाहमा हो यस्तो नाजायज र सर्मिन्दा काम भएन र  केक पनि नेपाली नक्शामा???आफ्नो व्यक्तिगत जन्म दिन मनाउन नेपालकै नक्शामा चक्कु प्रहार गरेर जन्म मनाउन अलिकति पनि नेपाल आमाको धर्ती र वीर पुर्खाहरुले सजायको नेपाल आमाको हृदय रोएन र सम्मानित प्रधानमन्त्री ज्यु???

तपाइँको राजनीतिक उचाई यहि नेपाल आमाको धर्तीमा जन्मिएका लाखौ लाखौ नेपाली जनताले अमुल्य मतदान बहुमतका साथ दिएर  पटकपटक प्रधानमन्त्री बनाएका होइन्न र ???एकातिर सल्लाहकार हरुको चर्तिकलाले जनताहरु चिडिएका छन भने अर्को तिर जन्म दिन मनाउदा पनि नेपाली नक्शा माथी चक्कु प्रहार गरि खुशियाली मनाउने थुक्क यस्तो अपहज र दुर्गन्धित काम गर्ने योत अति भएन र???

यसरी जन्म दिन मनाउदा आत्मा गलानी भएन र सम्मानित प्रधानमन्त्री ज्यु??सडकमा भिक माग्नेहरुलाई बरु चामल दिन्छु भन्नेले आफ्नो जन्म दिन मनाउदा त्यो पनि प्रधानमन्त्री जस्तो गरिमामय पदमा आलिशान व्यक्तिले लाखौ खर्चेर नेपाल आमाको छात्तिमा चक्कु प्रहार गर्ने अलिकती पनि चेतना भएन र प्रधानमन्त्री ज्यु???

देशका कयौ गरिविहरु सितामोल खान नपाएर अकालमा ज्यान गुमाउदै छन तर प्रधानमन्त्री भने देशको नक्शामा केक काटेर जन्म दिन मनाउने यो कस्तो हाँडी गाउँको उखाने प्रधानमन्त्री शैली होला सम्मानित प्रधानमन्त्री जज्यु???

देश रोएको छ।जनता रुष्ट भएका छन सरकारका गतिविधि देखेर त्यही माथी गणतन्त्र लेउने हजारौं सहिदहरुको रगतमा यसरी होलि खेल्ने अधिकार प्रधानमन्त्री लाई छैन।हजारौं व्यपत्ता परिवारको त्याग र घाइते योद्धाहरुको बलिदानले जन्मिएको गणतन्त्र मा मनपरी भाईचारा कुविचार गर्न प्रधानमन्त्री लाई छुट हुन्छ र???

कुनै देशमा कार्यकारी प्रमुखले नक्शा माथी आफ्नो जन्म दिन मनाएको ईतिहास छर प्रधानमन्त्री ज्यु??

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?