मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

”आमा” माथिको प्र’हारले धेरै ठूलो चोट दिन्छ कमरेड: सामाजीक अभियन्ता ज्वाला संग्रौला’

1 min read

{"source_sid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582570115443","subsource":"done_button","uid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582570115435","source":"other","origin":"gallery"}

हरेक व्यथितिको बिरुद्वमा खह्रो रुपले उत्रीने आदरणीय  सामाजिक  अभियन्ता  ज्वाला संग्रौला जी लेख्नुहुन्छ :

#म_बोल्छु 

अहिले देशका सम्माननीय प्रधानमन्त्री ज्युले आफ्नो पुर्ख्यौली घर तेह्रथुममा चारवटा हेलिकोप्टर चार्टर गर्दै देशको नक्सा केकमा उतारेर हसुरेको बिषयले देश तातिरहेको बेला केहि निकम्मा कमरेडहरु भने  बिदेशी नेताहरुका बासी तस्वीर सहितका केकहरु फेशबुकमा टाँस्दै कुतर्कले आफ्ना ख्वामितको स्वाभिमान बसाईँ सरिसकेको लाचार अनुहार दिँउँसै ढाकछोप गर्न लागि पर्नु भा छ !  

तर वहाँ कमरेडहरुले बिश्वको इँतिहाँसकै महत्वपूर्ण समय सन् १९९८ लाई भुल्नु भयो या पढ्नु भएन,  जतिबेला रुसमा कम्युनिस्ट शासनको अन्त्यको खुसियाली  मनाउन लेनिनको आकृतिको केक काटिएको थियो र रुसको बायुमण्डलमा आज़ादीको फूल बर्साईएको  थियो! आफूलाई कम्युनिस्ट हुँ भनेर चिनाउने मित्रहरुहो, कम्तिमा अरुको जरा नभएनि आफ्नो ज़रा कुन माटोमा फैलियो, पल्यो , बढ्यो र अवतरण भयो , एकपटक त्यसको बिगत पनि छाम्नुहोस्! 


तपाँईहरु जस्तै टीके , झोले , फटाहा र गलतलाई ग़लत भन्नुको सट्टा मालिकको बचाउमा ढाड र काँध थाप्ने निमग्न नाँगा भोटरहरुकै करण आज देशमा नेताहरु भ्रस्टचार गरेर डुङडुङती गनाईरहेका छन्! 

       अनि गैंडालाई बिदेशीहरुले Rhino भन्न पाईँदैन, गैडा नै भन्नुपर्छ भनेर प्रतिक्रियामा उत्रिने फर्जी रास्ट्रबादी प्रधानमन्त्री ज्युले “अम्बानी शैली”मा हेलिकेप्टरबाट केक झारेर देशको नक्सा अंकित केक काटनुको प्रतीकात्मक अर्थ के हुन्छ? कम्युनिस्टहरुले स्वाभिमान , नैतिकता र आचारसंहिता कागजमा लेख्न मात्र बनाउँछन् हो?देशको नक्सा केकमा उतारेर काटी खानेलाई देशप्रतिको माया भनेर फरक अर्थमा निम्छरा बिम्ब र प्रतिक ढल्काएर बुझ्ने कमरेडहरुलाई  मेरो प्रस्न यो छ कि , “के तपाईहरु आफ्नो जन्मदिनमा आफ्नी आमाको तस्बिरको केक बनाएर काट्न सक्नुहुन्छ?”



भीरबाट खस्न आँटेकोलाई हात लम्काएर र आँखा सन्काएर पनाह दिन र बचाउ गर्न त सहज हुन्छ तर आमा माथि को प्रहारले धेरै ठूलो चोट दिन्छ कमरेड ! एउटा फटाहालाई  बचाउन तीन करोडकी आमाको गला  किन रेट्नुहुन्छ?? #I_Love_Nepal🇳🇵🇳🇵

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?