मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

”सरकारलाई अ’सफल बनाउन भ्र**म छरियो : प्र’धानमन्त्री ओली’

{"source_sid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582577862220","subsource":"done_button","uid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582577862203","source":"other","origin":"gallery"}

प्र’धानमन्त्री तथा सत्तारूढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई असफल बनाउन  भ्र*म छरिएको बताएका छन् । सोमबार पोखरामा नेकपाले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले अ’सान्दर्भिक विषय उठाएर विपक्षीले जनतामा भ्रम छरेको बताए हुन् ।

उठाउनै नपर्ने विषयहरू उठाएर विपक्षीले सरकारलाई असफल बनाउने प्र’याश गरिरहेको उनको दाबी थियो ।

ओलीले संसदमा पेश गरिएका विधेयकबारे विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको आरोप लगाए । उनले कुखुराका चल्लाले चारो टिप्दा थाहै नपाइ अरू पनि एउटाकै पछि दुगुर्ने गरेको जस्तै संसदमा प्रस्तुत विधेयकका विषयमा पनि जानकारी नै नराखी विरोध हुने गरेको बताए ।

“संसदमा प्रस्तुत विधेयकका विषयमा संसदमै छलफल गरे हुन्छ नि । संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउन लागि परेका छन्,” उनले भने ।

सरकारले पेश गरेका सूचना प्रविधि, मिडिया काउन्सिल, मानव अधिकारसम्बन्धी विधेयकबारे प्रतिपक्षी केही न**बुझेको उनको भनाइ थियो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?