मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अ’न्तर्राष्ट्रिय अभ्यासअनुरुप के’क काटिएको हो : सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार!

{"source_sid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582588404044","subsource":"done_button","uid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582588404028","source":"other","origin":"gallery"}

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आइतबार काटिएको केक अ’न्तर्राष्ट्रिय अभ्यासअनुरुप भएको प्रधानमन्त्रीको सचिवालयले प्रष्ट पारेको छ ।

नेपालको नक्सा अंकित केक काटिएको भन्दै सामाजिक सञ्जालमा चर्को आ”लोचना भएपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अन्तर्राष्ट्रिय अभ्यासअनुरुप केट काटिएको जिकिर गर्नुभएको हाे ।

संक्षिप्त कुरा गर्दै प्रेस सल्लाहकार थापाले केकको विषयलाई लिएर अनावश्यक तरंग पैदा गर्न खोजिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘अन्तर्राष्ट्रिय अभ्यास र चलन नहेरी आलोचना गर्नुको पछाडि कुनै तुक छैन, आलोचना गर्नेहरुको साँघुरो मानसिकता देखियो, यस्मा प्रधानमन्त्री तथा उहाँको सचिवालयको पनि कुनै संलग्नता छैन । ’

छिमेकी भारतसहित अमेरिका र रुसलगायतको देशमा यस्तो चलन रहेको उल्लेख गर्दै प्रेस सल्लाहकार थापाले हरेक विषयमा नकारात्मक दृष्टिकोण मात्र राख्ने चलन त्याग्न पनि सुझाव दिनुभयो ।

यो खबर न्युज २४ मा छ

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?