मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

”सिधाकुरा जनतासँग ५०० औं भाग पुग्दै , हेर्नुस् बधाई दिनेको ओईरो! शेयर” ।

1 min read

{"source_sid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582633401726","subsource":"done_button","uid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582633401710","source":"other","origin":"gallery"}

न्युज २४ टेलिभिजन बाट प्रसारण हुँदै आएको अत्यन्तै चर्चित एवम्  सर्वप्रीय कार्यक्रम सिधाकुरा जनतासँग आज ५०० औं भागमा प्रवेश गर्दै छ । यसै क्रममा बधाई तथा सुभकामना दिनेको ओईरो लागेको छ । चर्चित संन्चार कर्मी आदरणीय  रबिलामीछाने ज्यु बाट प्रस्तुत यो कर्यक्रको उत्पादन तथा सम्पादन आदरणीय  दिपक बोहोरा ज्यु बाट हुँदै आएको छ । त्यसको साथै पर्दा पछाडीको चड्किलो आवाजबाट सबैलाई मोहित बनाउने आदरणीय  युवराज कँडेल ज्युको झनै चर्चा भएको छ ।  बधाई तथा सुभकामना ओईरो आएका छन्। प्रस्तुत छ केही आदरणीय  व्यक्तित्वले  दिनु भएका महत्वपुर्ण सल्लाह , सुझाव , बधाई एवम्  सुभकामना :

जापानबाट सामाजिक अभियन्ता  ज्वाला संग्रौला ज्यु लेख्नु हुन्छ :”सीधा कुरा जनतासँगको ५०० औं एपिसोड पुरा हुने दिन हो आज! कार्यक्रमलाई जन्माउने, फलाउने, फुलाउने र जनताको जीवनसँग लगेर जोडिदिने यस कार्यक्रमका परिकल्पनाकार तथा प्रस्तोता आदरणीय रबि लामिछाने दाई, तपाँईको मेहनत ,त्याग, समर्पण र जस्तै बाधाहरु आएपनि हाँसी हाँसी सम्हालिएर अगाडि बढ्ने हिम्मतको जति कदर गरेपनि कमै हुन्छ!

कुनै दिन मैले भनेकी पनि थिँए, “तपाँईले देश र जनताको लागि कति मेहनत गर्नु भएको छ, आफ्ना आधा सपना जति तिलान्जली दिएर मरिमेट्दा पनि केहि अराजकहरुले कति खेदो गर्न सकेका होलान् है? “ वहाँले भन्नु भो, “ बैनी मैले मेरा कुनै पनि सपनाहरुलाई तिलान्जली दिएकै छैन! म अहिले जुन बर्तमानमा बाँचिरहेको छु, यहि नै मेरो सपना हो, यो देशको भुगोलमा टेक्ने नागरिकहरुको आवाज़ बन्नु मेरो सपना हो, देशका खातिर आफ्नो क्षेत्रबाट सकेको योगदान दिनु मेरो सपना हो!

मेरो सपना यो देशको भविस्यसँग जेडिएको छ! हजारौ कर्णालीहरुसँग जोडिएको छ, हजारौं भोक र अभाबहरुसँग जोडिएको छ! बिहान बेलुका दुईछाक पकाउन नसक्ने हजारौ चुल्होहरुसँग जोडिएको छ! मेरो सपना आज मेरो कर्तब्यसँग पनि जोड़िएको छ! हिँजो करोडौं छोडेर आएको हुँ , आज कसैले लाखौंको आरोप लगाएर मलाई के हुन्छ र? बाँचुन्जेल एकजना असल शुभचिन्तक रहेसम्म सत्य र न्यायको लागि आफ्नो क्षेत्रबाट लडिरहने छु बैनी! “#यहि हिम्मत , यहि जुनुन र यहि आँटका सीधाकुरा टिम यसरी नै सँधै सत्य र न्यायको बाटोमा अझ बलियो भएर हिँडिरहोस्, हाम्रो साथ , समर्थन र हौसला हमेशा रहिरहने छ! 🇳🇵🇳🇵

 

त्यस्तै जापानबाट नै सबैको मनमा बस्न सफल एक कुशल अनी कर्मठ पत्रकार एच बी ताम्रकार ज्यु बाट पनी सुभकामना आएको छ ।  उहाँ लेख्नु हुन्छ : आदरणीय रबि दाई र न्युज २४ टिमलाई हार्दिक बधाई तथा शुभकामना!!!

त्यस्तै गरेर लण्डनबाट सबैको लागी भगवान्  सावित एवम्  समाजसेवी आदरणीय  इशा गुरुङ ज्यु लेख्नु हुन्छ : आज लोकप्रिय सिधा कुरा जनता सँगको कार्यक्रम 500 Episode पुरा हुनेछ , Huge congratulations Rabi jii & whole team , keep it up , All the best 💐💐💐💐
नोट / आजको कार्यक्रम अँझ बिशेष हुनेछ , अबस्य हेर्न नछुटाउनु होला ।

 

त्यस्तै गरेर मलेसिया बाट सामाजिक  अभियिन्ता सुजन लिम्बु सर लेख्नु हुन्छ : 

जय रबि लामिछाने सर अनि हार्दिक बधाई छ !कार्यक्रम सिधाकुरा जनता सङ्ग आज 500 औं एपिसोड मा प्रबेश अरु सफलता को सुभकामना छ 👉️👉️🙏🙏सत्कर्म लाइ साथ नछोडी आज सम्म आई पुग्दा आम नेपाली जनतामा कतिको भगवान बनी दिनु भयो कति अन्याय मा परेका हरुको लागि न्यायलय बनी दिनु भयो कतिको जल्दै गरेको घरको आगो निभाउने एउटा दम्कल बनी दिनु भयो कतिको झरेका आँसु हरु फर्काइ दिनु भयो अनि बेचिदै गरेको चेलीबेटी हरुको माइती नेपाल् बनि दिनु भयो ।

लुटिदै गरेको भुभाग को दरिलो खम्बा को निसानी बनी दिनु भयो कति बिदेश मा अलपत्र परेका युबा चेली हरुको लागि सिङ्गो राज्य बनी दिनु भयो अनि कयौ हस्पिटल बाट बन्चित हरुको लागि डक्टर बनी दिनु भयो देश बिदेश मा छरिएर रहेका हरेक नेपाल् हरुमा माझ जोडिए माध्यम बनाइ दिनु भयो हामी जनता को लागि सरकार भन्दा माथी बनी दिनु भयो रबि लामिछाने सर हुन त यस सिधाकुरा जनता सङ्ग कार्यक्रम को 500 एपिसोड को कार्यक्रम सम्म आई पुग्दा कती चुनौती झेल्नु भयो कति आरोपप्रत्यारोप हरु खेप्निनु पर्‍यो त्यो पिडा त हजूर लाइ थाहा छ केबल तर तपाई भित्र सतकर्म गर्ने सक्ति थियो सत्यको पक्ष लाई अंगाली रहनु भयो ।

राम्रो कामको लागी हामी आम नेपालि जानता जीबित रहने छौ यो निर्भीक साहसीपना कहिल्यै नझुकोस कहिल्यै नटूटोस किनकी जनताको पसिना चुस्ने देश को ढुकुटी करोडौं अरबौ खरबौ लूटने नेता भन्दा पनी हजारौं गुणा राम्रो छन हाम्रो लागि एउटा निडर पत्रकार आटिलो देश को सपूत रबि लामिछाने सर तपाईं माथि एति बिश्वास गरेको छौ निशब्दर नतमस्तक छौ अब देश बचाउने तपाईं हाम्रो हात मा छ हामी मिलि देश बचाउ सधै साथ छ!🙏🙏🙏🙏जय युबा जय स्वाभिमान 🇳🇵🇳🇵🇳🇵🇳🇵Rabi Lamichhane Rabi Lamichhane Fans सिधाकुरा जनतासँग

त्यस्तै गरेर पोखराबाट आदरणीय  सामाजिक  अभियन्ता  रामबाबु सेवान लेख्नु हुन्छ :

तपाइको बिस्वाश लाइ सिर मा राखेर तपाइको सत्य काम र देश प्रतिको माया र बेथिति को अन्त्य को लागि तपाइ हरु लड्दै गर्दा केहि कु नियत भएका हरुलाइ किन एसो गर्छौ काम गर्न देउ भनेर भन्दा र तपाइको राम्रो काम को लागि साथ दिदा तपाइ को ब्यक्ति भक्ति भन्ने केहि बिद्द्वान को प्रस्न हरु र गुनासा हरु पनि छन ! लाग्छ कहिलेपनि उनिहरुको सामुन्ने हजुर को कारण सिर निहुराउनु पर्ने छैन आउन्ने दिन हरुको लागि पनि सुभकामना रबि सर र सबै टिम लाइ पनि हार्दिक बधाइ ।

 

अब प्रस्तुत छ उहाँहरुले पोष्ट्याउनु भएका बधाई तथा सुभकामना जस्ताको त्यस्तै स्कृन शट हेर्नुहोला :

 यि त केही  आदरणीय   व्यक्तित्वहरु दिनु भएका मात्र सुभकामना तथा बधाई हुन्।  संन्जालमा करोडौं प्रशंसक  एवम समर्थकले बधाई तथा सुभकामना दिनु भएको पाइएको छ ।
यसै   कार्यक्रमका चर्चित संन्चारकर्मी साथै   सबैको प्रीय आदरणीय रबी लामिछाने ज्यु लेख्नु हुन्छ : ”यो यात्राले केवल दियो,केही लिएन।केही गुमाउनु परेन बरु अवर्णनिय माया,आशिर्वाद,सल्लाह, सुझाव, प्रेरणा पाईयो। आलोचनाहरुले सिकाउनु विधि सिकाए।अब आगामी यात्रा पृथक हुनेछ। शीर, न आफ्नो झुकाउछु न बिश्वास गरि समर्थन दिने तपाईंको झुक्न दिनेछु।बाकी आज राति ८:४५ बजे news24 मा”

सिधाकुरा जनतासँगको पुरै टिमलाई मेचिमहाकाली खबरको टिमले पनी हार्दिक  बधाई एवम्  सफलता को लागी अनेकौं सुभकामना व्यक्त  गर्दछ । 🙏

यदी तपाईं पनी सिधाकुरा जनता सँग कार्यक्रम र रबी लामिछाने ज्यु को समर्थक हुनुहुन्छ भने सक्दो शेयर गर्नुहोला । 

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?