मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

संसदमा दुई तिहाइ ल्याएको संसदको नेता हुँ म, अनि भाग्ने कुरा हुन्छ?’

1 min read

{"source_sid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582855613568","subsource":"done_button","uid":"3CA69767-C90D-4382-806F-2173A031CC63_1582855613556","source":"other","origin":"gallery"}

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफु संसदलाई जवाफ दिन त’यार रहेको बताएका छन्। बिहीबार बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै संसदबाट आफु नभागेको र जुनसुकै प्रश्नको पनि जवाफ दिन तयार रहेको बताएका हुन्।

‘म एक÷दुई दिन संसद गइन। बोल्न खोज्दा हुलहुज्जत गरेर बोल्न नदिएको देख्नु भइहाल्यो। संसदमा दुई तिहाइ ल्याएको संसदको नेता हुँ म, अनि भाग्ने कुरा हुन्छ?’

ओलीले भने ‘म संसदबाट भागेको भन्ने के शब्द बोलेको? म कुनै समय गएर के-के रहेछ उहाँहरुको कुरा सुनेर सबै जवाफ दिन्छु। हाम्रा साथीहरु यस्ता कुरामा अल्झिनु हुन्न।’

एउटा टेप प्रकरणमा अनाडी र अनाधिकृत मान्छेले आरोप लगाउँदै हिँडेको छ। मेरोबारेमा प्रश्न उठेकाले राजीनामा दिन्छु भन्नुभयो सञ्चारमन्त्रीले र राजीनामा दिनुभयो। त्यसलाई स्वीकार गरियो। उहाँले न्याय खोज्छु भन्नु भएको छ कुनै प्रमाणित छैन्। स्वीस दूतावासले पनि त्यो फेक हो भनिसक्यो। सत्यता छैन्। आफ्नो नाममा बात लागेको भएर राजीनामा दिए। तर भ्रष्टाचार गरेको भनेर प्रमाणित गरेजस्तो केही छैन्।

आरोप छैन्, मुद्दा चलेको छैन्। मेरो नाममा पनि उजुरी हालेको भनिएको छ। उजुरी काम नलाग्ने प’त्रु हो, त्यो भ्रष्ट उजुरी हो। अनाडी मान्छेले केही भनेर गर्छ भने त्यो के हो? कसका लागि हो? मैले डिफेन्स गर्न खोजेको होइन। झुटा कुरा गरेर आन्दोलनलाई बदनाम गर्न पाइँदैन। झुटो बोल्नेलाई कारवाही गर्नुपर्छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?