मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“ओलीको नीति”हिन्दुबादीः डा. बाबुराम भट्टराई””।

“काठमाडौ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सबैभनदा राष्ट्रघाती भएको आरोप लगाएका छन् ।

“उनले ओलीको गतिविधिले राष्ट्रलाई गम्भीर संकटमा धकेलेको समेत टिप्पणी गरे ।

“सबैभन्दा राष्ट्रघाती मान्छे हुन् ओली,’ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आज राजधानीमा आयोजित संविधानभा सदस्य मञ्चद्वारा आयोजित अन्र्तक्रियामा भने,‘यीनीबाट देशलाई बचाउनुपर्छ ।’ उनले ओलीलाई हिन्दुबादी भने ।

“ओलीको नीति हिन्दुवादी, फाशिष्ट र सर्वसत्तावादी भएको बाबुरामको टिप्पणी थियो । उनले ओलीविरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।

“ओलीको कदमलाई प्रतिगमनतिरको यात्रा भएको आरोप लगाए । ओली पहिलो संविधानसभाको चुनावमा बडारिएको भन्दै प्रतिशोधपूर्ण व्यवहार देखाइरहेको बताए ।

“उनले भने,‘ओलीले सबै प्रतिशोधस्वरुप गरिरहेका छन् ।’’ कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना, सभासदहरु खिमलाल देवकोटा, कल्पना धमला र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले समेत बोलेका थिए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?