मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पृथ्वी जयन्तीमा त्यही सच्चा नेपाली देशभक्तिको गीत सार्वजनिक(भिडियोसहित)

1 min read

काठमाडौं। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘त्यही सच्चा नेपाली’ बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्या’नलमार्फत् सार्वजनिक गीतमा ३० भन्दा बढी र अग्रज/लोकप्रिय/चर्चित अनुहारहरुको अभिनय रहेको छ ।

चलचित्र यात्रा’को निर्माता स’मेत रहेका चीजकु’मार श्रेष्ठको निर्माण रहेको गीतमा गायिका देवि’का ब’न्दना तथा गायक राजन ईशानको स्वर रहेको युगल राष्ट्रिय गीतको म्युजिक भि’डियो निर्माण स’म्पन्न भइसकेको छ ।

अभिनेत्री तथा निर्मात्रीको रुपमा स’क्रिय म्युजिक भिडियोकी निर्देशक रोशनी केसीका अनुसार उक्त गीतमा ३० जना जनाभन्दा बढी लोकप्रिय कला’कार’हरुले अभि’नय गरेका छन् ।निर्माता श्रेष्ठले एउटै भिडियोमा यति धेरै लोकप्रिय अनुहा’रहरुले अभिनय गरेको यो पहिलोपटक भएको बताए । चा’र दिन लगाएर छायांकन सम्पन्न गरिएको भिडियोहरु वि’भिन्न स्थान’हरुका दृश्य समेटिएको छ ।

आनन्द अधिकारीको शब्द तथा राजन ईशा’नको संगीत निर्देशनको ‘त्यही सच्चा नेपाली …’ शीर्षकको उक्त गीतमा वरिष्ठ अभिनेता नीर शाहदेखि संस्कृतिविद् सत्य’मोहन जोशी’सम्मले अभि’नय गरेका छन् ।रामशरण उप्रेती’द्वारा छा’यांकन गरि’एको उक्त भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् भने रेनिश फागोले यसमा कलर करेक्सन गरेका छन् ।

भिडियोमा सत्यमोहन जोशी, नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निरा’जन प्रधान, प्रशान्त ता’म्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दिलिप रायमाझी, देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शा’क्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दी’पा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमा’ल आदि क’लाकारहरुले अभिनय गरेका छन्।

भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ भने चिज कुमार श्रेष्ठको प्रस्तुतिमा यो भिडियो तयार भएको हो । ‘रियल जिन्दगीमा राजनीतिक क्षेत्रमा रहेका विकृति विसंगतिबाट वाक्कदिक्क लागेपछि म रिल जिन्दगी’तिर लागेँ,’ निर्माता श्रेष्ठले भने, ‘राष्ट्रियता संकटमा परेको बेला देशभक्तिपूर्ण गीत’मा काम गर्न मन लाग्यो । मलाई लाग्छ- एउटा उ’त्कृष्ट गीत र भिडियो बनेको छ ।’

‘देशले मलाई के दियो भ’नेर सोच्ने/सोध्नेहरुको भिडमा मैले देशलाई के दिएँ भनेर सोच्नु र तद’नुरुप का’म गर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु,’ उनले भने ।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?