मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“मौसम पूर्वानुमानः तराई,का भागमा बा,क्लो हुस्सु र कुहिरो लाग्ने, वर्षाको सम्भावना””

1 min read

“काठमाडौं, २८ पुष । अहिले नेपालको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

“आज दिउँसो प्रदेश १, २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै यी चार प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

तराईका भू-भागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ भने देशका अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

“आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?