मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“माधव नेपाल, होइन, “जबज”परित्याग गर्ने, केपी ओली नै हुन् : प्रचण्ड

“काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले जनताको बहुदलीय जनवाद परित्याग गरेको आरोप लगाएका छन् ।

“मंगलबार राजधानीमा आयोजित नेकपा प्रचण्ड–नेपाल समूहको गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘”कदमकदमलाई मैले हेरेको छु । जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने माधव नेपाल होइनन्, केपी अ‍ोली नै हुन् ।’

“पार्टी एकताका क्रममा मदन भण्डारी र जबजसँगै माओवादी आन्दोलनको कार्यदिशालाई बिर्सनु नहुने कुरामा जोड दिँदा दिँदै ओलीले राजनीतिक बेइमानी गरेको आरोप प्रचण्डले लगाए ।

“‘पार्टी एकताको अन्तिम बैठकमा जबज र माओवादी आन्दोलनबारे छलफल भयो । हामी पूर्वएमालेको सिद्धान्त र नीतिलाई निषेध गर्ने पक्षमा थिएनौँ । पूर्वमाओवादीको नीतिलाई नि,षेध गर्ने कुरै भएन । दुवै आन्दोलनको मूल्यांकन हुनुपर्छ र साझा कार्यदिशा बनाउनुपर्छ भन्नेभयो’, प्रचण्डले भने, ‘कुरा नमिलेपछि फेरि ओली र म बसेर छलफल गर्दा मदन भण्डारी र जबजलाई छोडेर समाजवाद उन्मुख जनताको जनवादमा सहमति भयो । तर, यो इमान्दार ढंगले भएको होइन रहेछ । राजनीतिक बेइमानी यो भन्दा ठूलो अर्को देखेको छैन । प्रधानमन्त्री बन्नका लागि मात्र राजनीतिक सौदा,बाजी गर्नु भएको रहेछ ।’

“प्रचण्डले पार्टी विवादका,नाममा संसद भंग गरेर प्रधानमन्त्री ओलीले संविधानमाथि आक्रमण गरेको बताए । उनले पार्टीभित्र वि,वाद हुने र विवाद नभए पार्टी नै नरहने बताए।

‘पार्टी विवादका नाममा संसद भंग गर्ने संविधानमाथि आक्रमण गर्ने काम गर्नुभयो’, प्रचण्डले भने, ‘विवाद नभए पार्टी नै हुँदैन । पार्टीमा विवाद हुनु सामान्य कुरा हो । विवाद हुन छोड्यो भने पार्टी हुँदैन ।’ यो खबर अन्नपूर्ण पोस्ट मा छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?