मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत नर्सले गरिन् २४ बर्षकै उमेरमा देहत्याग”

“कञ्चनपुर घर भएकी एक नर्सले अनौठो कदम उठाएकी छिन् । उनले आफ्नो जीवन आफैं समाप्त पार्ने निर्णय गरिन् जसले उनको परिवार र सहकर्मीलाई स्तब्ध पारेको छ ।

“२४ बर्षकी लक्ष्मी जोशीको स्थायी घर कञ्चनपुर भएपनि उनी चितवन भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्या न्स र अस्पतालमा कार्यरत थिइन् । उनी कृष्णनगर–५ स्थित आफ्नै डेरामा देह त्याग गरेको अवस्थामा फेला परेकी हुन् ।

“घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अस्पतालकी नर्सिङ इन्चार्ज कविता पन्थीका अनुसार नर्स जोशी २ दिनअघिसम्म ड्युटीमा गएकी थिइन् ।

“नर्स जोशी विगत डेढ वर्षदेखि अंकोलोजी युनिटमा कार्यरत थिइन् । उनको घर कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित भगतपुर हो ।

“अस्पतालले नर्स जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ । (ताजा खबर बाट )

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?