मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“अष्टलक्ष्मी शाक्य,ले ओली ग`द्दारलाई अब किन कमरेड भन्ने भन्दै घुँडा टेकाइदिने दिईन चे,ता,व,नी”

“काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले केपी ओली अब कमरेड नभएको बताएकी छन् ।

“बुधबार प्रचण्ड–नेपाल नेतृत्वको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा शाक्यले केपी ओली कमरेड नभएर प्रतिगमनकारी भएको बताएकि हुन् ।

“शाक्यले भनिन् ‘अब केपी ओली कमरेड हैन, कमरेड भन्न छोडिसकेको छु । उहाँ प्रतिगमनकारी हो । तानाशाही हो, स्वेच्छाचारी हो । उहाँले गणतन्त्रलाई धावा बोल्यो । हामीले दुस्ख गरेर ल्याएको संविधानमा धावा बोले । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अ’पह’रण भएको छ । आज हामीले त्यस्तो व्यक्तिलाई किन कमरेड भन्ने ?’।

“प्रज्ञा भवनमा आयोजित यो समूहको काठमडौं जिल्ला भेलामा शाक्यले प्रतिगमन सच्याउने सँगै ओलीलाई पनि घुँडा टेकाइने चेतावनी दिइन् । ‘

“हिजो पनि निरंकुशविरुद्ध लडेका हौं । शासकलाई घुँडा टेक्न बाध्य पारिएको हो । अब केपी ओली तानाशाहले पनि घुँडा टेक्नुपर्छ’, उनले भनिन् । शाक्यले ओलीलाई गद्दार र तानाशाहको संज्ञा दिएकी थिइन् ।

“‘गद्दार र तानाशाह पनि जन्मदो रहेछ कम्युनिस्ट पार्टीमा । अब हामीले यसबाट पाठ सिक्नुपर्छ’, शाक्यले भनिन् । पार्टीमा तानाशाही प्रवृत्ति भन्दा पनि कामको उचित मूल्यांकन गर्ने प्रवृत्ति विकास गर्नुपर्ने शाक्यले बताइन् । अहिले ओलीले लोभलालच देखाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने काम गरिरहेको बताइन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?