मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“परराष्ट्रमन्त्री,ज्ञवाली,आज भारत जाँदै, सीमा विवाद र “कोरोना,खोप प्राथमिकतामा”

1 min read

“काठमाडाैँ, १ माघ  । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज तीन दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । नेपाल-भारतबीच हुने छैठौं संयुक्त आयोगकाे बैठकमा सहभागी हुन उहाँ भारत जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“परराष्ट्रमन्त्री ज्ञवालीकाे भ्रमणमा नेपाल-भारतबीचकाे सीमा विवादका विषयमा छलफल हुने बताइएकाे छ । साथै भारतसँग नेपालले खरिद गर्न लागेकाे कोरोनाविरुद्धको खोपका बारेमा समेत प्राथमिकतासाथ कुरा हुने  जनाइएको छ ।

“साे क्रममा नेपाल-भारतबिचकाे द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि तथा वैदेशिक लगानी, ऊर्जालगायतका विषयमा पनि छलफल हुने मन्त्रालय स्राेतले जनाएकाे छ ।

“परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वकाे भ्रमण टाेलीमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारीहरू समेत सहभागी हुने जनाइएको छ ।

“नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा दशकाैँदेखि भारतीय अतिक्रमणमा परेकाे तर यसबारे ठाेस समाधानका लागि भारत अझै पनि तयार नरहेकाे बताइन्छ ।

“अ”नेपालले नयाँ नक्सा जारी गर्दै उक्त भूभागहरू समेटेपछि भारतसँग सम्बन्ध चिसिएकाे थियाे । तर पछिल्लाे समय सम्बन्ध सुधारका प्रयासहरू भए पनि सीमा विवादबारे खुलेर बहस गर्न भारत अझै अनिच्छुक देखिन्छ ।न्युज 24 बाट।।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?