मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“मौलिकता जोगाउन सके मात्रै नेपालीपन,को रक्षा गर्न सकिन्छ -:सभामुख सापकोटा ।

“काठमाडौँ, । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको स्मरण गर्नुभएको छ ।

“माघे सङ्क्रान्तिका अवसरमा  एक शुभकामना सन्देश दिनुहुँदै उहाँले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृति हाम्रा मौलिक विशेषता भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।”

“तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले आआफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको उहाँको सन्देशमा उल्लेख छ । सभामुखले थारु समुदायले माघीलाई महत्वपूर्ण चाड एवं नयाँ वर्षका रुपमा मनाउने गर्छन् भने माघे सङ्क्रान्तिलाई विभिन्न परिकार बनाएर खाने दिनका रुपमा पनि लिइने उल्लेख गर्नुभएको छ ।

“सभामुखले सन्देशमा भन्नुभएको छ, “कोभिड–१९ को महामारी कायम रहेकाले यस वर्षका अरु चाडपर्वमा जस्तै माघेसङ्क्रान्ति÷माघी पर्व पनि उच्च स्वास्थ्य सतर्कताकासाथ मनाउनु हुन सबैमा अपिल गर्दछु ।”

” यस पर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र एकता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने सभामुखले विश्वास लिनुभएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?