मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“अब”माघ १ देखि एटिएमवाट पैसा झिक्दा लाग्यो यस्तो नयाँ नियम”

“काठमाडौ । एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम मसिनमा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ । यस अघि यो निशुल्क थियो । माघ १ गतेदेखि यस्तो शुल्क लिने ब्यवस्था बैंकहरुले गरका छन् ।

“कोभिड १९ को रोकथामको लागि गरिएको लकडाउनको अवधिमा जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा शुल्क नलाग्ने सुबिधा थियो । बैंकहरुले आफ्ना सेवाग्राहीलाई दिएको उक्त सुुविधा फिर्ता लिएका छन् ।

“लकडाउन खुकुलो भएसँगै सीमित बैंकहरुले ल्याएका केही अफर बाहेक एक बैंकको कार्ड अर्को बैंकको एटिएममा रकम झिक्दा वा ब्यालेन्स जानकारी लिँदा शुल्क लाग्ने भएको छ ।

“राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेसँगै आजदेखि अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको हो।

“महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने निःशुल्क गर्नुपर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?