मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“भारतीय नै भन्छन्, ‘वाह ! नेपाल,का प्रधानमन्त्री, हाम्रा प्रधानमन्त्री मोदीले पनि सिकुन् उनीवाट’ (भिडियो हेर्नुस्)

“प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यानल जी न्युजलमा अन्तरवार्ता दिएपछि त्यसको तरंग नेपालमा मात्र होइन भारतमा पनि भएको छ । प्रधानमन्त्री ओलीले राखेका प्रष्ट बिचारवाट भारतीय नागरिक पनि प्रभावित भएका छन् ।

“उनीहरुले प्रधानमन्त्री ओली स्पष्ट कुरा राख्न सक्ने नेता भन्दै प्रशंसा गरेका छन् । भारतीय नागरिकले पनि ओलीको अन्तरवार्ताको विरोध गर्न सकेका छैनन् । तर्क संगत कुरा राख्ने ओलीको फ्यान भए मँ एक जना भारतीय मिडियाकर्मीले भनेका छन् ।

“राजनीतिक दलका नेता तथा मन्त्रीहरु पत्रकारको जवाफ देखि भाग्ने गर्छन, आफ्नै भनाईलाई पनि परिस्थिती अनुसार परिवर्तन गर्छन तर नेपालका प्रधानमन्त्री ओली त्यस्ता नेता हुन् जो अन्तरवार्तामा स्पष्ट कुरा राखे र कुनै पनि प्रश्न देखि भागेनन्, उनको अन्तरवार्ता मलाई निकै मन परेको छ संचारकर्मी भन्छन् । उनले ओलीले राखेको तर्कवाट कालापानी लिपुलेक र लिम्पीयाधुरा माथिको दावी माथि पनि कुनै फरक उत्तर पाउन नसकेको बताएका छन् ।

“प्रधानमन्त्रीले तर्क प्रस्तुत गर्दै भनेका छन्, भारत र चीनबीच यु द्ध हुँदा भारतले नेपालको भूमीमा आफ्नो क्याम्प बनाएको थियो त्यो जमिन अहिले भारतले आफ्नो दावी गर्दै आएको छ । कालापानी, लिपुलेक र लिम्पीयाधुरा त्यही भूमी हो, जहाँ नेपालले प्रयोग गरेको थिएन र भारतले चीनसंग यु द्ध गर्न प्रयोग गरेको थियो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?