मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“खाल्डोमा मृ`त भेटिए,का व्यक्ति कारागार,मा कार्यरत प्रहरी”जवान भएको खुल्यो””

“काठमाडौ । कैलालीको धनगढी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। बिहीवार बिहानै धनगढीको मनहेरामा खाल्डोमा मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको छ।

“धनगढी उपमहानगरको मनहेरा क्षेत्रस्थित हुलाकी सडकमा निर्माणाधीन कलभर्टमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीवार बिहान कलभर्टको खाल्डोमा मोटरसाइकलसहित टाउकोमा हेलमेट भएकै अवस्थामा उनको शव फेला परेको थियो।

“धनगढीको मनहेरामा खाल्डोमा बिहीबार बिहान मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको छ । मनहेरा क्षेत्रस्थित हुलाकी सडकमा निर्माणाधीन कल्भर्टमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

“घटनाबारे बुझ्दै जाँदा चौधरी घर फर्किने क्रममा दुर्घटनामा परेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए । चौधरी सवार मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

” घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी जवान चौधरी कैलालीकै गौरीगंगा नगरपालिका १० का स्थानीय बासिन्दा रहेको थाहा भएको छ ।ताजा खबर बाट ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?