मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“यस्तो बनेर आयो गीतकार ध्रुव प्रसाद, अम्गाईको ‘माया तिरिरिरी’ 

“काठमाडौं, १ माघ । आफ्नो हरेक सिर्जना सार्वजनिक हुँदा चर्चामा रहँदै आएका अहिलेका चर्चित गीतकार ध्रुव प्रसाद अम्गाईले नयाँ गीत ‘माया तिरिरिरी’ आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका छन् ।

“लगातार लोकप्रियताको शिखर चढिरहेका गीतकार ध्रुब प्रसाद अम्गाईले राधा र कृष्णको प्रेम काहानीलाई समेट्दै नेपाली समसामयिक बिषयमा आधारित ‘माया तिरिरिरी’लाई ईनाक्षी इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरेका हुन् ।

‘”माया तिरिरिरी’मा रचना रिमाल र प्रताप दासको स्वर, राज सागरको संगीत अनि साहास शाक्यको एरेन्ज रहेको छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र समिक्षा पोखरेलको अभिनय रहेको छ ।

“शिशिर श्रेष्ठको निर्देशन, ज्ञानेन्द्र शर्माको क्यामेरा, सुबोल थापाको कोरियोग्रफी र अमृत चापागाईको सम्पादन रहेको भिडियोलाई एनाक्षी इन्टरटेण्टमेन्टको युट्युब च्यानलले बजार ब्यब्स्थापन गरेको हो भने जनता डिजिटल फिल्म्सको पोष्ट प्रोडक्शनमा भिडियो निर्माण गरिएको हो ।

“गीतकार अम्गाईका हालसम्म, ‘बिहानीको घामको झुल्को’, ‘माया हे माया’, ‘काले केटा २’, ‘तिमीलाई सन्देश’, ‘नजुरेको लगन’, ‘मन खोलेर गाउँ है गीत’, ‘न भुल्न सक्ने’, ‘घरमा कुरा’, ‘मखमली चोली’, फूल दिऊँ त ओइली जाला, कैले माया यता कैले उता, पछि पछि बैंशालु मायाले लगायत गीतका भिडियो सार्वजनिक भइसकेका छन ।

“जसमध्ये केही समयअघि मात्र सार्वजनिक भएको गीत ‘काले केटा २’ को भिडियोले युट्युबमा ३४ लाख बढी भ्यूज पाएको छ ।

“प्रवासमा बसेर सिर्जनामा निरन्तर लागिरहेका खरो र प्रष्ट स्वभावका गीतकार ध्रुव प्रसाद अम्गाई समाजसेवी पनि हुन् । उनी समसामयिक र यथार्थपरक गीत लेख्न बढी मन पराउँछन् ।

“चाँडै अरु गीतका पनि भिडियो आउने तयारी भइरहेको कुरा उनले जानकारी गराए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?