मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“थानकोट–नागढुङ्गा–सिस्नेखोला, सुरुङमार्ग,को काम सुरु””

“काठमाडौँ, २ माघ  । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौँतर्फबाट सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ ।

“सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनका इन्जिनियरले निर्माणस्थलमा बिहीबार विशेष पूजाआजा गरिएपछि शुक्रबारदेखि सुरुङ खन्ने तयारी गरेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए । “पूर्व (काठमाडौँ) तर्फबाट सुरुङ खन्न शुक्रबार मुखमा स्टिलको ढोका (स्टिल रिब्स) राखिन्छ र सुरुङ खनिन्छ । ढोका राखिन्छन् फेरि एक मिटर सुरुङ खनिन्छ, फेरि ढोका राखिन्छ । ढोका राख्ने र खन्ने काम सँगसँगै अगाडि बढ्छन्,” आयोजना प्रमुख शाक्यले भने ।

“धादिङतर्फको सुरुङ खन्ने काम पुस ८ गते सुरु भएको थियो । धादिङतर्फको सुरुङ २३ मिटर खनिएको छ । काठमाडौँतर्फको सुरुङमार्गको मुख चन्द्रागिरि नगरपालिकाको टुटीपाखामा पर्छ भने धादिङतर्फको मुख धुनीबेँसी नगरपालिकाको सिस्नेखोलामा रहेको छ ।

“कोरोना भाइरसको महामारी तथा स्थानीयवासीको अवरोधका कारण निर्धारित कार्यतालिकाभन्दा ढिलो सुरु भएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणले पुनः गति लिएको बताउँदै उनले निर्धारित समयमा नै काम सम्पन्न गर्ने लक्ष्यसहित नियमित कामबाहेक अतिरिक्त सिफ्ट र अतिरिक्त समयमा कामलाई तीव्रता दिइएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?