मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“कोरोनाभाइरसको सं,क्रमण ह्वात्तै बढे,पछि पोर्चुगलमा फेरि देशव्यापी लकडाउन””

“एजेन्सी, २ माघ । कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेपछि पोर्चुगलले फेरि देशव्यापी रूपमा लकडाउन घोषणा गरेको छ । प्रधानमन्त्री एन्टोनिओ कोस्टाले बिहीबार मध्यरातदेखि लागु हुने गरी लकडाउन घोषणा गरेका हुन् ।

“यसपालिको लकडाउनमा विद्यालय भने खुलै रहने छ । बच्चाहरूको भविष्यका लागि विद्यालय खुलै राखिएको प्रधानमन्त्री कोस्टाको भनाइ छ । लकडाउनको नियम तोड्नेलाई पहिलाभन्दा दोब्बर सजाय गरिने उनले बताए ।

“दुई सातापछि लकडाउन जारी राख्ने कि हटाउने भन्नेबारे समीक्षा हुनेछ । प्रधानमन्त्री कोस्टाले अवस्थामा उल्लेख्य परिवर्तन नआएसम्म लकडाउन जारी रहने बताए ।

“पोर्चुगलमा जनवरी २४ मा राष्ट्रपतिको चुनाव हुँदैछ। सरकारले चुनावका दिन लकडाउनका प्रतिबन्धहरू खुला गरिने जनाएको छ। कोरोनाको महामारीले चुनावी अभियानमा प्रभाव पारेको छ। त्यसले मतदान कम हुने आशंका गरिएको छ ।

“अहिलेसम्म पोर्चुगलमा ५ लाख १७ हजारभन्दा बढी काेराेना संक्रमण भएकाे छ  भने ८ हजार ३ सय ८४ जनाकाे मृत्यु भएकाे छ । हाल पोर्चुगलमा १ लाख २१ हजारभन्दा बढी संक्रिय संक्रमण रहेकाे छ ।न्युज 24 बाट ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?