मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

युएईमा र*हेका नेपालीहरुलाई दू*तावासको अत्यन्त ज*रुरी सूचना! शेयर गरौं।

1 min read

फागुन २९, काठमाडौँ | संयुक्त युनाइटेड इमिरेट्स (युएई)मा रहेका रहेका नेपालीहरुलाई कोरोनाभाइरस(कोभिड-१९)बाट बच्नकालागि उच्च सतर्कता अपनाउँन दूतावासले आग्रह गरेको छ | बिहिबार एक सूचना जा*री गर्दै दुबई स्थित नेपाली दुतावास ले कोरोनाभाइरसको संक्रमण बढ्दै गएकाले उक्त भाइरसबाट बच्न अपनाउनुपर्ने आवश्यक उपाय अपनाउन अनुरोध गरेको हो |

दुबईमा हालसम्म ७४ जनामा कोरोना भा*इरसको संक्रमण देखिएको छ | जसमध्ये १७ जना उपचारपछि घर फर्किएका छन् | संक्रमित हुने विभिन्न देशका नागरिकहरुमध्ये २ जना नेपाली रहेको दुबई स्थित नेपाली दु*तावासले जनाएको छ |

त्यँहाको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको संक्रमण फैलिन नदिन युएई स*रकारले उच्च स*तर्कता अपनाएको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उपचार गरिरहेको छ | दूतावासले जारी गरेको सूचनामा भनिएको छ,”विश्व स्वास्थ्य सङ्गठनले युएई सरकारका सम्बन्धित निकायहरु र यस दूतावासले मार्च २ मा जारी गरेको जानकारी मूलक सुचना एवं अन्य आधिकारिक सूचना अनुरुप व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनहुँन युएइमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपाली दूतावासको अनुरोध छ, |”

त्यस्तै कोभिड-१९ को बिषयलाई लिएर आत्तिने वा तनाबलिने भन्दा पनि सतर्कता अपनाउने कुरामा बढी जोड दिन दूतावासले अनुरोध गरेको छ | कोरोनाभाइरस सं*क्रमणको आशंका लागेमा त्यंहाको स्वास्थ्य विभागमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ |

दुबईमा रहेका नेपालीहरुले कोरोनाभाइरसको आ*शंका लागेमा निम्न निकायमा सम्पर्क गर्न दुतावासले आग्रह गरेको छ |

१.Department of Health, United Arab Emirates – 8001717

२.Ministry of Health and Prevention, United Arab Emirates – 80011111

३.Dubai Health Authority – 800342

४.Embassy of Nepal, Abu Dhabi- 026344767 or 63442385

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed