मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कसरी जोगाउने नेटको ल’तबाट ? स’क्दो शेयर गरौं ।

अहिले बालबालिका धेरै समय इलेक्ट्रोनिक मिडियामा बिताइरहेका छन् । ती मोबाइल, ट्याबलोइड, ल्या’पटप, टिभीजस्ता जुनसुकै ग्याजेट हुन सक्छन् । टेलिभिजनभन्दा पनि धेरैजसो इन्टरनेट, फोन र गेमहरूमा घण्टौं समय बिताइरहेका देखिन्छन् । यसले उनीहरूको दिनचर्यामा गर्नुपर्ने कुनै पनि काम नगर्ने गम्भीर अवस्था सिर्जना हुँदै गएको छ ।

यसले अन्तक्र्रिया पनि मार्दै गएको छ । सामान्य मान्छेसँग घुलमिल हुने, अन्तक्र्रिया गर्ने स्वभाव बालबालिकामा व्यापक रूपमा कमी आउँदै जान थालेको छ । बालबालिकाको उमेर भनेको सिक्दै जाने उमेर हो । १० वर्षको एउटा बालकले दिनमा १० घण्टा इ’न्टरनेट हेरेर बसेपछि उसले अरू मानिससँग कसरी व्यवहार गर्ने ? कसरी कुरा गर्ने ? आफूले चाहेको कुरा कसरी अघि बढाउने ? भन्ने कुरामा निकै समस्या पर्न थाल्छ ।

आफूसँग भएको समयजति इलेक्ट्रोनिक माध्यममा बिताएपछि पढाइ, लेखाइका साथै ज्ञानवद्र्धक कुरा आर्जन गर्ने कुरामा ऊ पछि पर्दै जान्छ । फेरि इन्टरनेट गेम, ग्याजेटहरू बनाउँदा कसरी मान्छेहरूलाई यसमा इन्गेज गराउने लत लगाउने भन्ने कुराहरू मिहिन रूपमा हेरेर बनाइएको हुन्छ । मुख्यतया गेमहरूको डिजाइन नै मान्छेलाई त्यसमा चुम्बक जसरी टाँस्ने गरी बनाइएको हुन्छ । पब्जीको ल’तले बालबालिकालाई कतिसम्म प्रभावित पारेको थियो भन्ने घटनाक्रमहरूले देखाइरहेकै छन् । अहिले इन्टरनेटमा सबै मानिसले आफूले चाहेको चिज पाउँछ र त्यसमा लत बनाउन सक्छ । जसले गर्दा एउटै चिजमा फोकस हुने, एउटै कुरामा दिमाग गइरहन्छ । ग्याजेट र इन्टरनेटले स्वास्थ्यमा पार्ने असरलाई ध्यान दिँदै विश्व स्वास्थ्य संगठनले इन्टरनेट एडिक्सन, इलेक्ट्रोनिक एडिक्सनलाई रोग नै भनेको छ ।

समयभन्दा बढी प्र’योग गर्ने र आफूलाई हानि पुर्‍यायो, अब रोक्नुपर्‍यो भन्दा पनि रोक्न नसक्ने परिस्थिति सिर्जना भएको पाइन्छ । अहिलेका बच्चाहरू रातभर भिडियो गेम खेल्छन्, बिहान स्कुल जान सक्दैनन् । ती बालकलाई पनि थाहा छ, मैले यति धेरै गेम खेलें भने भोलि स्कुल जान सक्दिनँ । तर, उसले त्यो चाहेर पनि रोक्न सक्दैन, आफ्नो मनलाई गेमबाट अलग गर्न सक्दैन, जसले उसको दिनचर्या, उसले गर्ने काम, साथीभाइसँग गर्ने व्यवहार, घरपरिवारसँग गर्ने व्यवहारमा बदलाव आउन थाल्छ । इन्टरनेट र इलेक्ट्रोनिक्स डिभाइसका प्रभावबाट यस्तो बदलाव देखिनुलाई ‘इन्टरनेट/इलेक्ट्रोनिक एडिक्सन’ भनिन्छ ।

यसमा दुईवटा कुरा बुझ्न जरुरी छ । पहिलो कुरा, कति समय कति प्रयोग गर्छन्, अर्को कुन वेबसाइटमा गएको छ, कस्तो कुरा सिकेको वा सिकिरहेको छ । उसले सो’सल मि’डियामा कस्तो खालको तस्बिर अपलोड गरेको छ, त्यसले हालेको तस्बिरले अरूलाई कतिको हानि पुर्‍याएको छ भन्ने कुरा बुझ्नुपर्छ । मकहाँ केही समय पहिले एउटा के’स आएको थियो, जहाँ एउटा केटाले अर्की केटीको फोटो बिगारेर सामाजिक सञ्जालमा हालिदियो, त्यो केटीले सुसाइड गरिन् । अनि, त्यो केटीको फोटो फेसबुकमा अपलोड गर्ने बच्चालाई पनि थाहा छैन कि मैले यो काम गरेर अर्कोलाई यस्तो हानि पु’गिरहेको छ भन्ने । उसले मजाक सोच्यो, तर त्यसका कारण कसैको जिन्दगी नै सकियो ।

बा’लबालिकालाई शान्त पार्ने सजिलो बाटोका रूपमा इन्टरनेट र स्मार्टफोनमा बानी पार्ने कुरा एकदमै घातक छ । इन्टरनेट र स्मार्टफोनहरू अहिलेको समयमा लतका रूपमा देखिन थालेका छन् । एडिक्सन हुनेबित्तिकै बालबालिकाहरूले आफ्ना अन्य कामहरू छाड्न थाल्छन् । मानसिक रोगजस्तै भएकाले यसले आफ्नो क्रियाशीलता पनि घ’टाउँदै जान्छ । पढ्न, सामाजिक अन्तक्रिया गर्न छाड्छ, जसले उसको वृद्धि विकासमा त असर गर्छ नै, सामाजिक विकासलाई पनि प्रभावित पार्न थाल्छ । यही कारण धेरै बालबालिका एन्जाइटी, डिप्रेसनजस्ता समस्याहरू देखिन थाल्छन् । सिर्जनशीलता मर्छ ।

अहिले धेरैजसो अ’भिभावक आफ्नो बच्चाले धेरै इन्टरनेट चलाउने गरेको गुनासो लिएर अस्पताल आइरहेका पाइन्छन् । कतिपय स्कुल जान मान्दैन् भनेर गुनासो बोकेर आउँछन् । त्यस्ता बच्चाहरूमा बढी–बढी एन्जाइटी पाइन्छ । इन्टरनेट र इलेक्ट्रोनिक्स डिभाइसमा अधिकांश समय बिताउनेहरूमा डराउने, आत्तिने, तनाव हुने समस्या हुन्छ । अनौठो त के भने त्यस्ता इन्टरनेटको एडिक्सन भएकाहरूलाई इन्टरनेट हेरेपछि तनाव हट्ने हुन्छ । उनीहरू मान्छेसँग पनि अन्तक्र्रिया गर्दैनन् । त्यसले त झनै एक्लोपन, आत्तिने, डराउनेपन समस्या बढाउँदै लैजान्छ । कि’नभने, उसले अधिकांश समय इन्टरनेटमा बिताउने भएकाले बाहिर घुलमिल हुने र सिक्ने मौका पाएन । तर, इन्टरनेटबाट भने उसले रिलिफ हुने बानी पर्दै जान्छ । गर्दागर्दर्ै उसलाई लत बस्न थाल्छ ।

इन्टरनेटका लतीहरू सधैं रिसाउँछ, झगडा गरिरहने स्वभाव देखाउन थाल्छन् । बाबुआमा पनि झगडा गर्नुभन्दा उसलाई इन्टरनेट चलाउन दिने भए । त्यसैले इलेक्ट्रोनिक एडिक्सन हुनुमा एक त बच्चाको समस्या देखिन्छ, अर्को आमाबाबुको समस्या पनि हो ।

इन्टरनेट तथा इ’लेक्ट्रोनिक्स ग्याजेटको बालबालिकामा नियन्त्रित प्रयोग गर्न दिनुपर्छ । स्कुल जाने बच्चालाई दिनमा एक घण्टा, छुट्टीको दिनमा २ घण्टा चलाउन इन्टरनेट तथा इलेक्टोनिक्स डिभाइसमा भुल्न दिन सकिन्छ । तर, त्योभन्दा बढी उसलाई त्यसको एडिक्ट बनाउँछ । यसमा अभिभावकको भूमिका मुख्य हुन्छ । अभिभावकहरू छोराछोरीलाई यो कुराले असर पुर्‍याउँछ भन्ने थाहा हुँदाहुँदै पनि नगर भन्न सक्दैनन् । चिकित्सकका कहाँ पुगेर तपाईंले भनिदिनुपर्छ भन्छन् । आज आफ्ना केटाकेटीले इलेक्ट्रोनिक्स डिभाइस र इन्टरनेट चलाउन रोक्न नसक्ने अभिभावकले भोलि कसैलाई छुरी हान्न लाग्दा भन्न सक्दिन भनेर हुुन्छ ? बालबालिकालाई के ठीक हो, के बेठीक हो भन्ने सिकाउने कर्तव्य आमाबुवाको होइन ? सुरुमै आमाबुवाले यो कुरा गहन तरिकाले बुझ्नुपर्छ ।

इन्टरनेट भनेको रमाइलो ची’ज हो, न नदिएर बच्चाको ज्यान जाँदैन । पढ्न, लेख्न, खेल्न, खानपिन र लत्ताकपडा दिनुपर्छ । त्यसबाहेक अरू सबै रमाइला कुरा हुन्, यी कुरा सित्तैंमा दिनु हुन्न । स्कुलबाट आउनेबित्तिकै एकछिन खेल्न दिने, एक दुई घण्टा होमवर्क गर्न लगाउने र पढ्न लगाउने त्यसपछि एक घण्टा दिन सकिन्छ । मेहनत गरेर पाउनुपर्ने कुरा भन्ने ज्ञान बालबालिकालाई दिनुपर्छ ।

इ’न्टरनेटका कारण मानसिक समस्या त एकातिर छँदैछ, अर्कातिर शारीरिक समस्या पनि उत्तिकै देखिन्छ । चौबीसै घण्टा इन्टरनेट चलाएर आनन्दसँग बसेपछि मेटाबोलिज्म के हुन्छ ? जो बच्चा बढी इलोक्ट्रोनिक्स ग्याजेटहरूमा बिताउँछ, त्यसमा मोटोपना बढी हुन्छ । किनभने, ज्यान त चल्दै चल्दैन, औंला मात्र चल्छ । यसले बालबालिकाको शारीरिक हानि पनि हुन्छ । एक अध्ययनले के भन्छ भने नचलेर निरन्तर ८ घण्टामा कुुर्सीमा बस्नु भनेको चुरोट खानेजत्तिकै हानिकारक छ । अहिले हाम्रा बालबालिकाहरू यस्ता इलेक्ट्रोनिक्सलगायतका साधनहरू चलाएर घण्टौ एकै ठाउँमा बसिरहेको देखिन्छन् । एकै ठाउँमा बस्नाले शारीरिक रूपमा एकदमै हानि गर्छ ।

बच्चालाई गे’म्सहरू खेलाउँदा शारीरिक रूपमा क्रियाकलाप बढी हुने गेमप्रति प्रेरित गर्नुपर्छ । बालबालिकालाई दिनमा आधा एक घण्टा शारीरिक अभ्यास हुने खालका फुटबल, फुटसलजस्ता खेलहरू खेलाउनुपर्छ । अहिलेका अभिभावकहरू बालबालिकालाई गेम्सहरू खेलाउन सुझाव दिँदा के खेलाउने भनेर प्रश्न गर्छन् ? तपार्इंहरूले सोच्नुहोस्, सानो के खेल्नुहुन्थ्यो ? हामी पनि केही खेलेर नै हुर्केका हौं । के इन्टरनेट आउनुअघि मानिसले कहिले खेल नै खेल्दैनथे ? फुटबल, बास्केटलजस्ता गेमहरू हुन सक्छन्, यति त्यो खेल्ने वातावरण बनेन भनेपछि हिँड्न, दौडन र कुद्न दिन सकिन्छ । घरभित्रै पनि दुई जना मिलेर खेल्न सकिने खेलहरू हुन्छन् । केटाकेटीलाई अन्तक्र्रियात्मक बनाउन पनि जरुरी हुन्छ । चेस, क्यारमबोर्डलगायतका खेलहरू हुन सक्छन् । केटोकेहीहरूलाई आर्ट, म्युजिक, डान्स सिकाउन सकिन्छ ।

लतबाट बा’लबालिकाहरूलाई जोगाउने मुख्य भूमिका अभिभावककै हुन जान्छ । यसमा बुवाआमा र अभिभावकहरू एकदमै सिरियस हुनुपर्ने आवश्यकता छ । यदि बालबालिका तह लगाउन सकिएन भने उसलाई कसरी तह लगाउने भन्ने परामर्श र क्लासहरू लिन आवश्यक हुन्छ । सामान्य बच्चा जो–सुकैले सजिलै हुर्काउन सक्छन्, गार्‍हो बच्चा हुर्काउनका लागि भने विशेष स्किल नै चाहिन्छ । त्यसका लागि विशेष तालिमहरू नै बजारमा उपलब्ध हुन्छन् । बुवाआमाले आफ्नो बच्चा कसरी हुर्काउने भन्ने कुरा त्यस्ता क्लास तथा तालिमहरूमा सिकाइन्छ । बच्चालाई अनुशासनमा राख्न र हुर्काउन समस्या भइरहेका अभिभावकहरूले यस्ता तालिमहरू लिन सक्छन् । जसरी सेनामा सिपाहीले शासन गर्न थाल्यो भने सेना बिग्रन्छ, बच्चाले घरपरिवारमा शासन गर्न थाल्यो भने त्यो घर–व्यवहार पनि बिग्रन्छ । त्यो कुरा अभिभावकले बुझ्नुपर्छ । त्यसकारण बालबच्चालाई बाटो देखाउने काम अभिभावकको त्यो त्यसैले त्यो जिम्मेवारी अभिभावकले निर्वाह गर्नैपर्छ । कुनै बच्चालाई डिप्रेसन वा डरलाग्ने रोग भएमा अथवा स्कुल जान गाह्रो भएमा त्यसको उपचार पनि गर्नुपर्छ । बुवाआमा अथवा अभिभावकको मात्र समस्या होइन, तर अभिभावकले यसलाई देखिएको समस्या कसरी समाधान गर्ने ? उपचार गर्ने कुरामा विशेष ध्यान दिनैपर्छ । त्यसमा विशेष ध्यान पुर्‍याएर लाग्नुपर्छ ।
साप्ताहिक बाट !

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?