मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

आँ’चलको ले’हेंगाको आलोचना समाजका दुई ब’र्गबीचको ट’करावबाट उठेको धुँवा हो!

जापान!अभिनेत्री आँचल शर्माको विबाहमा लगाईएको पहिरनहरुको विषयमा विभिन्न खाले टिका अनी टिप्पणी आउँदै गर्दा सामाजीक अभियन्ता ज्वाला संग्रौला पनी यस्तो लेख्नुहुन्छ :
धेरै जनाले मलाई आँ’चलले १६ लाखको लेहेंगा लगाईएर बिहे गरिन्, यस्मा तपाँईको भनाई के छ भनेर प्रस्न गर्नु भो! मलाई देशको ठेक्का लिएर धनी भएका नेतादेखि बाहेक आफ्नो मेहनतले कमाएको पैसाले राम्रो लाउने र मीठो खाने नाग’रिकहरुको ब्यक्तिगत जीबनमा टिकाटिप्पणी गर्न उचित लाग्दैन !


वहाँलाई यस्तै ठीक लाग्यो यस्तै गर्नु भो! यस्मा मेरो कुनै बिरोध छैन ! ख़ाली यतिमात्र भनाई चाहि के हो भने वहाँले अभिनेत्री भएर चलचित्रमा अ’भिनय गरिरहँदा कतिपटक आफूलाई समाजको एउटा गरीब पात्रको रुपमा उँभ्याएर नेपालीहरुको दयनीय जीबनलाई आफुभित्र सर्लक्कै उतार्नु भएको थियो! हु’नेखानेहरु र हुँदाखानेहरु बीचको दुरिलाई पर्दाबाट आफ्नै आँखाले नापिरहँदा तेस्को असर वहाँको जीबनमा थोरैभएपनि परेको भए गजब हुन्थ्यो , तर त्यसो भएन !


तरपनि केहि छैन ! वहाँ सहि ग़’लत भनेर औं’ल्याउनु भन्दा पनि म चाहि वहाँको ठाउँमा भएको भए सामान्य दामको कपडा लगाउँथें र बाँकी वाहियात खर्च गर्ने पैसा दुखी गरिबहरुको उद्दारमा लगाउँथें! तर सबैले मेरो सोच अनुकूल चल्नु पर्छ भन्ने छैन ! बेहुली हुँदा आफूलाई इच्छा लागेको कुरा गर्न पाउनु वहाँको अधिकार पनि हो ..! देशको ढुकुटी दोह’न गरेर र गरिब लुटेर लगाएको हैन क्यारे , यो बिषयलाई त्यति ध्यान दिनुपर्छ जस्तो मलाई लाग्दैन !!

तर एउटा कुरा यो चाहिं सत्य हो कि , नागरिक हरुले जतिपनि आलोचनात्मक टिप्पणीहरु गरेका छन्, त्यो हाम्रो नेपाली समाजको वर्गीय खाडलको गहिराईको झलक चाहिँ जरुर हो! यहि देशमा दुईछाक भात र पो’षिलो खानेकुरा खान नपाएर सुत्केरी हुँदा रक्तअल्पताले ज्यान गुमाउन बाध्य महिलाहरु हजारौं छन् भने बेहुली हुँदा १६ लाखको कपडा र ६० लाखको गहनाले भरिभराउ भएर हेलिकॉप्टमा लोड हुन पाउने भाग्यमानी महिलाहरुपनि उतिकै संख्यामा छन्!

यो समग्र स्थितिलाई अध्ययन गरि कसैको आलोचना गर्नु भन्दा पनि बरु समाजको बर्गीय पर्खाल भत्काएर सबैलाई समान रुपले बाँच्न , हाँस्न र समान सुबिधा उपभोग गर्न पाउने ब्यबस्थाको लागि अवको जेनेरे़सनले अर्को र’चनात्मक र डाईनामिक युगको तेवर छेड्नु पर्छ ! हिजो प्रचण्ड हरुले यहि धनी गरिब बीच पाकिरहेको बर्ग संघर्षको घाऊ उधिनेर १० बर्ष देशमा रक्तक्रान्ति गरे, हजारौको जीबन निमोठियो! तर जब बुलेटबाट ब्यालेटमा फड्को मारेर बालुवाटार छिरे, यिनका हिँजोका जंगली बर्गीय चिन्तनहरु सुलुत्तै चिप्लिएर सामन्ती खौलोमा जाकिए..! त्यहि भएर आज यि’नीहरुको गालामा जनताका लात्ती र मुड्की दिनदिनै बजारिँदै छन्!

तसर्थ समग्रमा मेरो निस्कर्ष के छ भने आँचलको लेहेंगाको आलोचना समाजका दुई बर्गबीचको टकरावबाट उठेको धुँवा हो, बर्गीय बेमेलबाट मुखरित जुबान हो..! समाजको एक सत्य पनि यी आलोचनाहरुमा कहिँ कतै जरुर छुपेको छ ! तर यस्को जड़ भनेकै हाम्रो आर्थिक धरातल नै हो! तसर्थ यहाँ ले’हेंगा उठाउने भन्दा पनि समाजको आर्थिक, नैतिक र शैक्षिक धरातल उठाउनतिर लागौं युवा साथीहरु..! अनि आलोचना गर्न पाईयो भन्दैमा उनको खुसी नै आँसुमा परिणत हुनेगरि कसैले पनि नकारात्मक कुरा नलेख्नुहोस्! सकारात्मक सुझाबसहितको सन्देश दिनुहोस् ताकि भोलि कुनै धनीको छोरी बेहुली भैरहँदा उनले फोकटिया लुगा गहनामा देखावटी खर्च गर्नुभन्दा केहि रकम बचाएर जाजरकोटकी एउटी गरिबकी छोरीको नाँगो आङमा एकजोर नयाँ कपडा भरिदिन सकुन् ..!
#जय_स्वाभिमान !! 🇳🇵🇳🇵

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?