मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हाम्रा देशका शा’सकहरु सम्झंदा नि मु’टु फु’ट्ला जस्ता : विनोद त्रीपाठी

1 min read

प्रश्न यो होइन कि सरकार के गरिरहेछ । प्रश्न यो हो, सरकारले यो किन गरिरहेछ ? जब स्वा’स्थ्यमन्त्री भानुभक्त ढकालले घरमा पाहुना आएका छन्, घर जानुछ भन्दै जवाफ नदिई संवेदनहीन भएको देख्दा सरकारले यो किन गरिरहेको सोध्न मन लाग्छ । यो बेला सम्झन मन लाग्छ, भुटानका प्रधानमन्त्री केहि दिन अघि कोरोनाको आशंकामा संक्रमित विरामीसंगै बसेर रा’तभरि नसुतेको ।

युरोपियन मुलुकहरुका सरकार प्रमुख र मन्त्रीहरु जनतासंगै रोएको । चीनका राष्ट्रपति को’रोनाकै केन्द्रविन्दुमा जो’खिम मोलेर पुगेको । विभिन्न देशका मन्त्रीहरु चिन्ताले भोक भोकै बसेको । विभिन्न देशहरुले सडक पुरै खाली गराएर करोडौं ज’नताका घरघरमा पुगेर निरिक्षण गरेको । दृष्यमा देख्न सकिन्छ, अहिले विकसित मुलुकका सडकहरु भुत शहरहरु जस्ता सुनसान छन् ।


तर, काठमाडौंका सडकहरुमा ढल मिसिएको पानीले पखालेको तरकारी पाक्न छोडेको छैन । त्यहिं झिंगा भन्केको खानेहरु झिंगे दाउ पर्खंदै बैराग्यको भीडमा सहभागी भएको । उता, ल्याव टे’ष्ट विनाका मासु पसल खु’लमखुला चलेकै छन् । चावहिलमा मकै पोल्नेको भीड बाक्लिंदो छ ।

विश्वकै भद्रगोल शहरहरु भएको देश बंगलादेशका जस्तै काठमाडौंको यो अत्यास लाग्दो बजारमा रमिता देखाउन आएकाहरुलाई गाउँगाउँ पठाउन सरकारले किन ढि’लाई गरेको ? लौरो लगाएर खे’द्दा पनि हुन्छ । त्यो खेदाई जनताकै हितका लागि हुने थियो ।

तर, यी दृष्य देख्दा र जं’गलीहरुले असभ्य वनेर सडकमा हर्न बजाएको देख्दा लाग्छ, एक तहका जनताको अ’सभ्यसंग सरकार मीत लगाइरहेछ । र भन्न मन लाग्छ सरकारले यो किन गरिरहेछ ? हामीलाई लाग्ने गरेको छ, अरु देशका सरकार देख्दा कति रहर लाग्दा । हाम्रा देशका शासकहरु सम्झंदा नि मुटु फुट्ला जस्ता ।


कुनै बेला नेपाली कां’ग्रेसको असक्षमवाट आजित भएका तिनै जनताका हातहरुले कम्युनिष्टलाई भोट दिए । आज कांग्रेसलाई नै उछिनेर बर्तमान कम्युनिष्ट सरकार जनताप्रति यति सं’वेदनहीन हुँदा लाग्छ, सरकारले यो किन गरिरहेछ ?

१, ट्याक्सीको ज्यादती र अ’भद्रतावाट बल्लतल्ल मुक्ति पाउन लागेका बेला टुटल र पठाओको सभ्य सेवालाई सरकारले किन वेला बेलामा तर्सारहन्छ ?
२, फेरिएकादेखि पुराना मन्त्रीहरुसम्म जनताप्रति किन उत्तरदायी वन्न नसकेका ? कति गै’रजिम्मेवार । छि छि । दैनिक घटनालाई सम्झिंदा पनि प्रशंसा गर्ने शब्द कहिं भेटिन्न ।


३, एक बर्ष अघि त्यतिकै बढेको तिन शय प्रतिशतसम्मको महंगी अहिले कोरोनाको व’हानामा झन झन अचाक्लिएको छ । कालाबजारीले नेपाल पुरै कब्जामा लिइसकेका छन् । तर, सरकारका गफ देख्दा प्रश्न गर्न मन लाग्छ, सरकारले यो किन गरिरहेछ ?
४, अहिले ग्यांस अभाव छैन, सरकार भन्छ । अभावै नभएका ग्यांस, पेट्रोलियम पदार्थ, खाद्यान्न लगायतका सामग्रीहरु कस्ले लुकायो त ? सरकार सुपथ मुल्य पसल खोल्ने अब्यवहारिक निर्णय सार्बजनिक गर्छ । होइन भन्या, सरकार कसरी चलेको हो, प्रश्न उठाउन मन लाग्छ ? सरकारले यो किन गरिरहेछ ?
यति बेला मौनतामा बस्न मन लागेन । त्यसैले , मन भित्रवाट अं’कुरिएका आवाजहरुले यी र यावत प्रश्नहरु सरकारसंग सोधिरहेका छन् ।

Unless the government is responsible, the people cannot be happy and happiness .

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?