मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यस्ता सा’धन कुदाईएको पाईएमा सिधैं का’रबाही: ट्राफिक प्रहरी

महानगरीय ट्रा’फिक प्र’हरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मो’टरसाइकल चलाउने चालकलाई कारवाही अभियान थालेको छ । महाशाखाले मोटरसाइकलले ध्व’नी प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्व’रुपपरिवर्तन गरी चलाउने, लापरवाही ढङ्गले चलाउनेलाई कारवाही थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

त्यस्ता मोटरसाइकलका कारण दु’र्घटना बढ्ने भएकाले सर्वसाधारणमा अनावश्यक आ’वाजका कारण आ’तङ्कित तुल्याउने भएकाले कारवाही थालिएको हो । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई उपत्यकाभित्र मात्र नभइ देशैभर स’ञ्चालनमा ट्राफिक प्रहरीले कडाइ गरेको जनाइएको छ ।

ठूलो आवाजका कारण ध्व’नी प्र’दूषण तथा दुर्घटना जस्ता समस्या आम स’र्वसाधारणले व्यहोर्नु परेको छ । त्यस्ता बाइक तीव्र गतिमा कुदाइने र त्यसमा ठूलो आवाज हुने भएकाले ध्वनी प्रदूषण हुने गरेको छ । महाशाखाका प्रवक्ता प्रहरी उ’परीक्षक जीवनकुमार श्रेष्ठका अनुसार त्यसरी समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम ज’रिवानास्वरुप रु एक हजारदेखि रु १५ हजारसम्म जरिवाना गराइएको छ ।

स’मातिएका मो’टरसाइकलमध्ये कम्पनीबाटै ठूलो आवाज आउने मोटरसाइकलाई चलाउन रोक लगाएको छ । त्यसैगरी मो’डिफाइ गरेर ठूलो आवाज आउने बनाइएका मोटरसाइकललाई भने पुरानै स्वरुपमापरिवर्तन गर्न लगाएर मात्र छाड्ने महाशाखाका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।


यस्ता किसिमका मोटरसाइकल कतै गुदिरहेको देखेमा ट्राफिक प्रहरीको हट लाइन १०३ मा जा’नकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?