मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

आखिर कि’न गरे गरे यस्तो? पुरा पढी शे’यर गर्नुहोस्।

काठमाडौं । नेपालमा राजा र हि’न्दु राज्य स्थापनाको मूल एजेण्डा लिएर हिडेको राप्रपाका अध्यक्ष क’मल थापाले एक टेलिभिजन अन्तर्वार्तामा पत्रकार पू’र्वाग्रही रहेको भन्दै प्रश्नको जवाफ दिन छोडेर बिचबाटै उठेर हिडेका छन् ।

न्युज २४ टेलिभिजनमा हरेक बुधबार राति पौने ९ बजे प्रशारण हुने ‘टु द पोइन्ट’ शीर्षकको का’र्यक्रमबाट थापाले प्रश्नको जवाफ दिन मानेनन् र कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आएको हो ।

थापाको अ’न्तर्वार्ता पत्रकार राजु थापाले लिएका हुन् । उनले बुधबार दिउँसो नै कमल थापासँगको अन्तर्वार्तामा तनाव उत्पन्न भएपछि थापा कार्यक्रमको बिचबाटै उठेर हिडेको बताएका थिए ।

पत्रकार थापा हिन्दु राज्य र राजाप्रति न’कारात्मक रहेको ठहर गरेका अध्यक्ष थापाले अब तपाईको जवाफ दिन सक्दिन कार्यक्रम क्लाेज गर्नुस् भन्छन् । प’त्रकार थापाले कार्यक्रम अघि बढाउन खोज्दा अध्यक्ष थापा नबोल्ने परिस्थिति बनेपछि ४५ मिनेट लामो हुनुपर्ने कार्यक्रम ३० मिनेटमै समापन गरिएको हो ।


पत्रकार थापा ती व्यक्ति हुन् जो से’क्युरिटी प्रिन्ट प्रेस खरिदमा ७० करोड कमिसनको द’लाली गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाका कारण नेपाल टेलिभिजनबाट नि’कालिएका थिए ।

नेपाल टे’लिभिजनमा उनले मन्त्री बास्कोटालाई अन्तरवार्ता लिँदा मन्त्रीहरुको सम्पतिको बारेमा प्रश्न सोधेका थिए । बाँस्कोटाले आफ्नाे सम्पति लु’काउन खोज्दै प्र’तिरक्षा गरेका थिए । तर, थापाले मन्त्री बाँस्कोटाको सम्पति विवरणको डकुमेन्ट नै देखाउँदै थप प्रश्न गरेका थिए ।

पत्रकार थापाले आफूलाई अ’प्ठेरोमा पारेपछि बाँस्कोटाकै निर्देशनमा उनी निकालिएका थिए । र, हाल उनी न्युज २४ मा छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?