मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतमा गुडिरहेको बसमा युवतीमाथि सामुहिक ब*लात्कार गर्ने चारजनालाई फाँ*सी दिइयो*

एजेन्सी । भारतमा चार जना युवालाई फाँसीको सजाय दिइएको छ ।सन् २०१२ मा दिल्लीमा एक छात्रामाथि सामूहिक ब’लात्कार पछि हत्याको अभियोगमा अ’दालतले दो’षी ठहर गरेका अजय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई अ’दालतले दो’षी ठहर गर्दै मृ’त्युदण्डको सजाय सुनाएको थियो ।

उनीहरुलाई उच्च सुरक्षासहित राखिएको तिहाड जेलमा झु’ण्ड्याइएको भारतीय सञ्चामध्यमहरुले जनाएका छन् । यसअघि पाँच वर्ष पहिले पनि भारतमा घ’टनाका दो’षीलाई मृ’त्युदण्ड दिइएको थियो ।

सन् २०१२ डिसेम्बर १६ मा आफ्ना केटा साथीसँग बसमा घर फर्किँदै गरेकी २३ वर्षिय छात्रा निर्भयालाई ६ जनाले सामुहिक ब’लात्कार गरेको एक दिनपछि उनको मृ’त्यु भएको थियो ।

यो घटनासँगै भएको लामो वि’रोध प्रदर्शन र आन्दोलनपछि भारतमा ब’लात्कारविरुद्ध नयाँ कानुन बनेको हो । घ’टनालगत्तै पक्राउ परेका ६ जनामध्ये राम सिंह सन् २०१३ को मार्चमा हि’रासतमै मृ’त फेला परेका थिए ।

अर्का एक जना घटना भएको बेला १७ वर्ष मात्र पुगेकाले तीन वर्ष सुधार गृहमा बसेर रिहा भइसकेका छन् । केही महिनाअघि चारै जना अपराधीलाई मृ’त्युदण्डको सजाय कम गरी आजीवन काराबासको माग गर्दै सर्वोच्च अ’दालतमा निवेदन परेको थियो ।

तर अदालतले उक्त निवेदन खा’रेज गरेपछि उनीहरुलाई मृत्युदण्ड दिइएको हो । पीडितहरुले अदालतको फैसलाले आफूहरुले न्याय पाएको बताएका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?