मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चिनियाँ ध’नाढ्य ज्या’कले नेपालसहित एसियाली मुलुकलाई स्वास्थ्य सा’मग्री सहयोग गर्ने! शेयर!

काठमाडौं । चिनियाँ धनाढ्य ज्याक माले नेपालसहित नौ एसियाली मुलुकलाई ‘कोरोनाभाइरस’सँग जुध्न आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने जनाएका छन् ।

शनिबार ट्वीट गर्दै उनले १८ लाख मास्क, दुई लाख १० हजार टेस्ट किट, ३६ हजार सु’रक्षित पोसाक, केही भे’न्टिलेटर र थर्मोमिटर दिने बताएका हुन् ।

ज्याक माले यी सामग्री चाँडै पुर्‍याउन सहज नभएपनि यो काम सम्पन्न गरेरै छाड्ने दृ’ढता व्यक्त गरेका छन् ।

सहयोग दिइने मुलुकहरुमा ने’पालसहित अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंका छन् ।

तर, उनले ट्वी’टमा कुन मुलुकलाई कुन सामग्री कति परिमाणमा दिइने भन्नेबारे केही खुलाएका छैनन् ।

यसअघि, को’रोना सं’क्रमण नियन्त्रणमा सहयोग पुर्‍याउन ज्याक माले अमेरिकालगायतलाई पनि सहयोग गरिसकेका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?