मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेपालको सरकार सधैं श’क्ति राष्ट्रको ल’हैलहैमा लाग्ने गरेको छ:- विनोद त्रीपाठी

काठमाण्डौं।अहिले नेपालमा धेरैजसो दैनिक पत्रिका बन्द भइसकेका छन् । सुचनाका लागि अब डिजिटल माध्यमबाट भर पर्नुपर्ने अवस्था छ । पत्रकारका लागि समाचार र सुचना फरक फरक कुरा हुन् । सुचना सर्बसाधारणले दिन सक्छन् । समाचार पत्रकारले मात्र दिन्छन् । तर, अहिले सुचनाकै आधारमा समाचारको चित्त बुझाउनुपर्ने अबस्था छ ।

स्थलगत रिपोर्टिङ वा गतिला फिचर लेख्ने भन्दा छिटो भन्दा छिटो सुचना दिनुपर्ने बाध्यता पनि छ । यसैले, यी सुचनाहरु कसरी सम्प्रेक्षित गर्ने अब हरेक नागरिकले जान्न आवस्यक छ । खासगरि, डिजिटल माध्यमको भर पर्नुपर्ने अवस्थाले सामाजिक संजालकर्ता निकै जिम्मेवार वन्नुपर्छ ।

अहिले केहि दिनदेखि कोरोना भाइरसले विश्व अँध्यारोतिर धकेलिएको छ ।यो अँध्यारो सधैं रहँदैन । विभिन्न विज्ञहरुले भनेका छन्,‘केहि दिनमा कोरोना भाइरस नियन्त्रणमा आउनेछ ।’विभिन्न विज्ञहरुका भनाइका आधारमा मैले तपाईंहरुलाई कोरोनाको आतंकवाट पर रहन आग्रह गर्दे आएको छु । यो जैविक हतियारका रुपमा कसैले प्रयोग गरिरहेको भन्दै यसको खोज शुरु भइसकेको छ ।

विश्वका शक्ति राष्ट्रहरु यो बिषयमा अहिले विभक्त छन् । अमेरिका, जापान लगायतले लक्डाउन गर्न इन्कार गरिरहेका छन् । चीनले विश्वमा कब्जा जमाउन जैविक हतियार प्रयोग गरेको केहि शक्ति राष्ट्रहरुको आरोप छ । यो मानव नरसंहार मच्चाएको भन्दै चीन विरुद्ध अन्तराष्ट्रिय अदालतमा मुद्धा परिसकेको छ ।

विश्व परिवेशसंगै हाम्रो अबस्थामा फर्कनु अहिले हामीलाई बाध्यता छ । के नेपाललाई लक्डाउन आवस्यक थियो भन्ने बारेमा प्रश्न गर्न शुरु भइसकेको छ । हजारौं मानिसहरु भोकै बस्नु परेको भन्दै आवाज उठाउन थालिसकेका छन् । उता कोलम्वियामा लाखौं जनता सडकमा उत्रेर लक्डाउनको विरोधमा आजदेखि प्रदर्शन शुरु गरेका छन् ।

राजधानी वोगटामा लाखौं जनताले भोकै बस्न सक्दैनौं, लक्डाउन मान्दैनौं, भन्दै प्रदर्शन गरेका थिए । नेपालमा पनि अब केहि दिनमै यो शुरु नहोला भन्न सकिन्न । यो अबस्थामा हामीले सकारात्मक सुचना कसरी दिने यो जिम्मेवार वहन गर्नुपर्छ ।

१, कोरोना भाइरस धेरै हदसम्म नियन्त्रणमा आइसकेको अवस्था छ । अमेरिका लगायतका केहि मुलुकमा संक्रमित संख्या बढेका रिपोर्ट आएपनि चीन, दक्षिण कोरिया, जापान, खाडी मुलुकहरु लगायतमा संक्रमित संख्या घटेरहेका छन् । मानिस मरेका सुचना दिएर वातावरण भयभित नपारौं । कहाँ निको भए, कहाँ कोरोनाको संक्रमण हट्यो, कहाँ लक्डाउन छैन र कहाँ कोरोनाको त्रास छैन भन्ने सकारात्मक सुचना मात्र दिउँ ।

२, नेपाललाई अहिले पनि विश्वले भारतकै आँखाले हेर्छ । अर्थात, भारतले जे गर्यो दक्षिण एशियाली मुलुक त्यहि गर्न बाध्य छन् । यसलाई अब चिर्न सक्ने सुचना हामीले दिन सक्नुपर्छ । भारतमा लक्डाउन भयो भन्दैमा हामीले गर्नुपर्ने बाध्यता छैन । किनकी भारत विशाल छ । तर, नेपाल सानो मात्र होइन, केन्द्रीय प्रशासनले सम्पुर्ण देश नियन्त्रणमा राख्न सक्छ । खुल्ला सिमाना हाम्रो मुख्य चुनौती हो । यो वन्द गरेर आन्तरिक रुपमा लक्डाउन अब हटाउनपर्छ । नत्र, कोरोनाको मनोवैज्ञानिक प्रभाव र भोकमरिले अधिकांश जनता मर्ने निश्चित छ । यो बिषयमा हामीले गंभिर वनेर सरकारलाई सही वाटो देखाउन सक्नुपर्छ ।

३, नेपाल भित्र लक्डाउन आवस्यक छैन । कारण के हो भने, कोरोना भाइरस वाहिर देशवाट आउने भएकोले सिमानामा कडाई गर्नुपर्ने मात्र आवस्यकता हो । नेपाल भित्र देखिएका संक्रमितलाई क्यारेन्टाइनमा राखेर उपचार गर्नुपर्छ । तर, नेपाल भित्रै लक्डाउन गर्दा जनजिवन पुरै वेहाल मात्र हुने छैन, केहि दिन अझै लक्डाउन भयो भने भोकमरिले यो समस्या सरकारको नियन्त्रण वाहिर जानेछ ।

४, सरकारले उपत्यकामा भएको जनसंख्या आधा घटाउन तुरुन्तै पहल गर्नुपर्छ । जुन कुरा चीनले विगतदेखि कार्यान्वयन गरेको मैले अवगत गराउँदै आएको छु । उपत्यकाले हालको जनघनत्वको आधा मात्र संख्या थेग्न सक्ने अवस्था छ । दैनिक चोक र सडकका भीड नहुने वित्तिकै राजधानी काठमाडौं सुन्दर मात्र हुने छैन, संक्रमित रोगवाट बंच्न सकिन्छ । यो तर्फ हाम्रा सुचना केन्द्रीत हुन आवस्यक छ ।

५, नेपालको सरकार सधैं शक्ति राष्ट्रको लहैलहैमा लाग्ने गरेको छ । हाम्रो राजनीति सिद्धान्त पनि विदेशवाट भित्रियो । जस्तै,मार्क्स, लेनिन, माओ, स्टालिन आदि ब्यक्तिका विचारहरुले हाम्रो मुल राजनीतिलाई कब्जा गरेको अवस्था छ । यहि शैली पछ्याउँदै हामी लक्डाउन जस्ता जनतालाई अंध्यारोमा राख्ने खेल पनि उतैवाट सिकिरहेका छौं । अब हामीले हाम्रो मौलिक शैली नअपनाइ सुखै छैन ।

नत्र कोलम्विया लगायतका मुुलुकका जनता लक्डाउन विरुद्ध सडकमा उत्रे भने सरकारको परनिर्भरता शैली पुरै नागिंनेछ । यहाँ लक्डाउनको विरोध भन्दा सिमानामा कडाइ गर्ने र आन्तरिक रुपमा जहाँ जहाँ संक्रमित छन्, त्यहि स्थानलाई मात्र बन्द गरेर अन्य ठाउँहरुमा काम गरेर खाने सहज वातावरण निर्माण गर्नुपर्छ भन्ने उद्धेस्य हो । अब हाम्रा सुचना यहि धारमा जान आवस्यक छ ।

अब कुनै हालतमा लक्डाउनको अबधी थप्न हुन्न भन्ने हाम्रो आवाज उठ्नुपर्छ । किनकी, सम्पन्न राष्ट्रले लक्डाउन गरेपनि सबै जनतालाई आवस्यकता अनुसार पुरै राहत दिएर कर्तब्य पुरा गरिरहेका छन् । तर, हाम्रोमा सामान पाएर पनि पैसा नहुने जनताहरु ६० प्रतिशत माथि छन् । उनिहरु दैनिक काम गर्दे पेट भर्न वाध्य छन् ।

यो लक्डाउनले एकातिर पैसा हुनेलाई सामान अभाव, पैसा नहुने जनताहरुलाई सबै अभाव वनाएर झन रोगी वनाइदिनेछ । लक्डाउन गरेपनि जहाँ जोखिम स्थान छ, त्यहाँ खण्ड खण्ड स्थान तोकेर मात्र गर्न सरकारलाई सुझाउँ । तर, त्यो एकान्त गाउँमा लक्डाउनले के प्रभाव पार्ला ? के आवस्यक होला ? त्यसैले, अबका हाम्रा सुचनाहरु कोरोना नियन्त्रणका प्रभावकारी र ब्यवहारिक कामका लागि प्रोत्साहित गर्ने मात्र हुन जरुरी छ ।

लाखौं जनताका खाली पेटहरुले रोग विरुद्ध लड्ने क्षमता राख्न सक्दैनन् भन्ने ध्रुबसत्य कुरा बुझ्न अब ढिलाई गर्न हुँदैन । आखिर, रोगप्रतिरोधात्मक क्षमता बढाउन खानेकुरा खानैपर्छ । खानका लागि सामान चाहिन्छ ।

सामानका लागि पैसा । अनि त्यो पैसा नहुनेहरु भोकै मर्नुपर्छ । एकदिन अस्पतालमा विरामीलाई फलफुल वितरण गरे जस्तो कसैले ‘प्रसाद’ दिएर भोका पेटहरु भरिने छैनन् । आफ्नो पुरै पेट भर्न आँफैले कमाउन आवस्यक हुन्छ ।

यहाँ राहतका नाममा ‘प्रसाद’ दिने नाटककारहरुले लक्डाउन अबधी बढाएर लाखौं जनतालाई भोकै लड्काइरहन खोजिरहेका छन् । हाम्रा सुचनाहरु भोका पेटहरु भर्दे कोरोना नियन्त्रणका लागि सरकारले इमान्दारपुर्वक काम गर्नुपर्छ भन्नेमा केन्द्रीत हुन जरुरी छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?