मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

को*रोना भा*इरसबाट निको भै घर फर्कनु भएका जीवन बमले भने शरीरमा पिडा हुन्छ तर आत्तिनु हुदैन|

1 min read

न्यूयोर्कमा को*रोना भा*इरसबाट निको भै घर फर्कनु भएका जीवन बमले भने शरीरमा पिडा हुन्छ तर आत्तिनु हुदैन । उनले उक्त कुरा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की तथा नेपाली दु*ताबासको पहलमा कोरोना भाइरस प्रकोपबाट उत्पन्न स*मस्या बिषयमा समुदायसंग आयोजना गरिएको दूरसंवाद प्रणाली अन्तर्गत श्रब्य दृश्य माध्यम अन्तर्गत कार्यक्रममा उक्त कुरा बमले बताए ।

कोरोनालाई परास्त गरेर आएका बमले उक्त कार्यक्रममा आफ्ना अनुभवहरु राखेका थिए । उनलाई उपस्थित हुने सबैले अभिबादन गरेका थिए । उनले कोरोना भाइरस आफैमा डरलाग्दो हैन । यसको लक्षण ज्वरो लक्षण नै हो भने । उनले अगाडी भने बिस्तारै खोकी र स्वास प्रस्वास हुने हुन्छ ।

उनले कोही आ*त्तिनु हुदैन । आफू संक्रमित भएता पनि आफूलाई कमजोर भएको ठानिन । शरीर पिडा हुन्छ । मानिसलाई पिटेको जस्तो हुन्छ । सन्चो जस्तो भयो भने जांच गराउनु पर्छ र यसको उपचार हुन्छ उनले भने । यस्तो हुना साथ परिवारसंग टाडा रहनु पर्ने सुझाव दिएका थिए ।

सुरुकै अवस्थामा अस्पताल गएमा रोकथाम हुन्छ भने । कसैलाई ज्वरो र खोकी लागेको छ भने टाईनानोल (ज्व*रो निको हुने दबाई )खानु पर्छ । उनले ताप-मापक यंत्र (थर्मोमिटर) आफूमा साथमा राख्यो भने त्यो सबैभन्दा उत्तम हुन्छ भने ।

उनले आ*फूलाई ज्यादा सन्चो न*भएकोले धेरै बोल्न नसक्ने बताउदै अन्तिममा यो रोग लाग्ने बित्तिकै कसैले आत्तिनु हुदैन । र ,आत्तिनु पर्ने कुरै छैन उनले भने । उक्त कार्यक्रम अप्रिल २ बिहिबार साँझ ५:३० बजे आयोजना भएको हो । राजदुत डा कार्कीले राजदुताबास तथा आफ्नो तर्फबात सबैलाई स्वागत तथा आभार प्रकट गरेका थिए । इनेप्लीज बाट साभार

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?