मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

को*रोनाको वास्तविकता तथ्यांक बाहिर आउने हो भने अवस्था भ’यावह हुनसक्छ : – स्वागत नेपाल

1 min read

काठमाण्डौं । वेलायतका प्रधानमन्त्री, स्पेनकी राजकुमारी र आफैँ सुरक्षा अपनाउन सक्ने चि’कित्सकहरुलाई त को’रोनाले छोयो र कतिपयको मृत्यु समेत भइसक्यो भने हामी हामी सुरक्षित छौं भन्ने ठानिरहेका र महलभित्रै राजकुमारीजस्तो बसिरहेकाहरु पनि को’रोनाबाट संक्र’मित भइसकेका हुन सक्छौँ।

सरकारसँग पनि परीक्षणको राम्रो प्रबन्ध छैन । सीमा खुला छ । क्वा’रेन्टाइनमा राखिएकाहरुको पनि परीक्षण भएको छैन । उपचार पाउनु पर्नेले पाएका छैनन् । उपचार नपाएर क्वा’रेन्टाइनमै मान्छे मरिरहेका छन् । मरेकाको लास उठेको छैन । मरिसकेपछि पनि स्वाव परीक्षण गर्न पठाइएको रिपो’र्ट सार्वजनिक भएका छैनन् । आफैँले आफूलाई संक्रमणको शं’का लागेर जचाउन जानेहरुलाई पनि परीक्षण जरुरी छैन भनेर गरिएको छैन । जतिको परीक्षण गरिएको छ र रि’पोर्ट आइसकेको छ, त्यो आफैँ सं’क्रमणको शंका भएर परीक्षण गराउन चाहनेहरुको समेत जोडेर होइन कि राज्यले अति जरुरी ठानेर परीक्षण गराएकाहरुको मात्र संख्या हो ।

त्यो संख्या आज विहानसम्म ११८४ पुगेको छ । ती ११८४ पनि वास्तवमै सोझै इ’ण्डियाबाट वा अन्य देशबाट आएकाहरुको परीक्षण गरिएको होइन जो पहिलो परीक्षण गरिनु पर्ने र सबैभन्दा जोखिममा रहेकाहरु हुन् । उनीहरुमा सबैभन्दा बढी प्रतिशत सं’क्रमण हुने कुरा निश्चित नै हो । अब ११८४ मध्ये पनि ६ जनामा संक्रमण देखिएको पुष्टि भएको छ । मृ*त्यु भइसकेकाहरुको कारण पनि भरपर्दो गरी पुष्टि हुन सकेन त्यो भरपर्दो गरी पहिलेदेखि नै परीक्षण आदि भएको भए वास्तविक तथ्य आउन सक्थ्यो ।

हामीले मृ*त्युको कारणबारे अदालती प्रक्रियामा अनुसन्धान र चिकित्सा विधिशास्त्रीय अध्ययन गर्दा पाएको त*थ्य के हो भने कहिलेकाहीँ मृत्युको एकभन्दा बढी कारक पक्षहरु हुन सक्छन् । पहिल्यैदेखि कि*ड्नी, मु*टु, फो*क्सो समेतको समस्या भएका व्यक्तिहरुमा तत्काल मृ*त्युको कारण पुरानै मुटु, फोक्सो, कलेजो किड्नीको समस्या भएकोले हो भन्ने पुराना रिपोर्टहरुबाट देखिए पनि तत्काल पूराना रोगबाट देखिएजस्तो भए पनि उनीहरुमा नयाँ संक्रमणको आक्रमणबाट पुरानै कारण शारीरिक प्रतिरोधात्मक क्षमताको अभावको समेत कारण मृ*त्यु हुन पुगेको हुन सक्छ ।

मृ*त्यु नै भइसकेपछि र पुरानै कारण पनि देखिइसकेपछि लामो अध्ययन र अनुसन्धानको चिकित्सा-वैज्ञानिक प्रयोजन बाहेक पुनः ला*सको परीक्षण गरिँदैन, गर्ने चलन नेपालमा छैन । नेपालमा अहिले तात्कालिक उपचारमै जनशक्तिको अ*भाव रहेको बेला त्यस्तो अनुसन्धानात्मक प्रयोजनले गहन अध्ययन गर्न परीक्षण पनि भइरहेका छ्रैनन् । तर त्यो भइरहेकै हो भने पनि मृ*त्युलाई छोडेर संक्रमणको मात्र आंकडाले पनि भयावह स्थिति नै देखिएको छ ।

११८४ जनामा ६ जना सं*क्रमित देखिनु भनेको ०.५१ प्रतिशत हो । त्यो भनेको ३ करोडको १ लाख ५३ हजार हो । जनसंख्याको तात्कालिक लाइभ अपडेट २,९०,०८,४९४ हो, त्यसको ०.५१ प्रतिशत भनेको १ लाख ४७ हजार ९४३ हो । यदि प्रतिशत बढेर केवल १ प्रतिशत मात्र पुग्ने हो भने झण्डै ३ लाख मान्छे ओच्यान पर्छन् । जनसंख्या अझै कम जोडेर गर्ने हो भने पनि संक्रमणमा परेर आएकाहरु र परीक्षण गर्नै पर्नेहरुको नगरिएको अवस्थामा अब नियमित परीक्षण गर्न थालिने हो भने त्यो संक्रमितको संख्या रातीराती काठमाडौंबाट बाहिरिनेहरुमै सं*क्रमण हुन सक्ने भएकोले, इण्डियामा नियमित हरेक दिन संक्रमितको संख्या बढेको बढ्यै भएको लगायतका कारणले बढ्न सक्ने छ । यदि एक प्रतिशत मात्रै संक्रमित हुने हो भने ३ लाख व्यक्तिको संख्यालाई देशका स्वास्थ्य निकायले नियन्त्रण नै गर्न सकिने स्थिति छैन । त्यसैले स्थिति झन् स*म्वेदनशील बनिरहेकै छ । यसको बारेमा साँच्चै सम्वेदनशील बन्नु अझै जरुरी छ ।

६ जनामा संक्रमित पुष्टि भइसकेकोमा उनीहरुको पृष्ठभूमि हेर्दा खासै संक्रमणमा परिहाल्नु पर्ने कुनै का*रण छ जस्तो देखिन्न किनकि जति संक्रमित भएका पाइएका छन् उनीहरुले कुनै खाना शेयर गरेर खाएको, अंकमाल गरेको, नजिकै सँगै नै बसेको समेत नभएको अवस्थामा समेत सं**क्रमणमा परेको पुष्टि भएको छ भने त्यस्ता आफैँलाई थाहा नभएर अरुलाई सं*क्रमित बनाइरहेकाहरुको संख्या अहिले देशमा कति होला र दैनिक त्यो कति रफ्तारमा बढिरहेको होला !

यस अवस्थालाई राम्रैसँग योजना बनाएर तयारीमा नरहने हो भने स्थिति भ*यावह बन्न सक्छ । मैले यसपूर्व नै तथ्याङ्कहरु हेर्दा नियन्त्रण गर्नै नसक्ने होइन भनेर लेखेको छु । देशमा भएका प्रहरी, सेना, जनप्रतिनिधि, कर्मचारी सबै जोडेर हेर्ने हो भने; सबैलाई व्यवस्थित तरिकाले परिचालन गर्ने हो भने सजिलै साँच्चै विहान बेलुका खाना खानै नपाउनेहरुलाई खाना खुवाएर पनि राख्न सकिन्छ।

यतिबेलै स्रोत न**खुलेकाहरुको सम्पत्ति तत्कालै बैंकबाटै झिकेर प्रयोग गर्नुपर्छ अन्य नगद बाहेक चल अचल सम्पत्तिलाई पछि मिलान गर्ने गरी तत्काल हातमुख जोर्नै समस्यामा परेकाहरुका लागि प्रयोग गरेर देशलाई सं*कटबाट बचाउनुपर्छ । किनकि देश भनेको ढुंगा माटो नदी नाला हिमाल पहाड तराई मात्र होइन, देश भनेको जनता हो, जनतलाई माया गर्नु देशको माया हो !!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?