मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यो ३ हप्ता क*डा ल*क डा*उन गरौँ : डा. रवीन्द्र पाण्डे, ज’नस्वास्थ्य विज्ञ

1 min read

काठमाण्डौं । आगामी ३ हप्ता विश्वको लागि निकै पीडादायी हुनेछ | संक्रमित तथा मृ*तकको संख्या अ*कल्पनीय रुपमा बढ्नेछ | यो ३ हप्ताको अग्निपरीक्षा पास गरेपछि आकासबाट आशाका कि*रण झुल्किने छन् | यो सम्पूण विश्वले आगामी ३ हप्ता कर्फ्यु स्तरको लक डाउन गर्नु जरुरी छ |

CNN का अनुसार बोल्दा, सास बाहिर फ्याँक्दा पनि कोरोना भाइ*रस अर्को मान्छेमा सर्दछ | यो भाइरस ६ फिटको दुरीसम्म मात्र हैन २७ फिटसम्म पनि पुग्न सक्छ भनिएको छ | तसर्थ घरबाहिर पटक्कै निस्किनु हुँदैन |

– चिनिया, अमेरिकी तथा युरोपियन अनुसन्धानविद्ले भनेका छन् कि को*रोना भाइरस संक्रमण अप्रिलको अन्त्यदेखि हराउंदै जानेछ | हामी सबैलाई अप्रिलभर लक डाउनमा बसेर May को प्रतिक्षा गर्नुपर्दछ |

– अन्तराष्ट्रिय निकायहरुले अहिले सामाजिक दुरीमात्र होइन परिवारभित्र पनि दुरी कायम गर्न अपिल गरिरहेका छन् |
– सरकारले बि*पन्न बर्गलाई तुरुन्त न्युनतम १ महिनाको राहत प्रदान गरोस |

– काठमाडौंको म*हँगोमा बस्न नसक्ने मध्यरातमा हिंडेर आफ्नो घरतिर जान थालेको २ हप्ता भयो | उनीहरुलाई फर्काएर समस्या समाधान हुँदैन | आफ्नो गाउँघर जान चाहनेलाई सरकारले सरकारी बस ( साझा, सेना, प्रहरीलगायतका ) प्रयोग गरेर आफ्नो घर जाने अवसर दिनुपर्छ | उनीहरुलाई २ हप्ता ‘गृह एकान्तबास’ को शर्त र अनुगमनमा पठाउनु उपयुक्त हुन्छ | सरकारले भोको पेटमा यहाँ थु*न्नु हुँदैन |

– हाम्रो देशमा कोरोना सं*क्रमण परिक्षणको दायरा निकै साँगुरो भयो | समुदायमा ब्यापक परीक्षण गरेर आ*इसोलेसन नगरेसम्म यो रोग भुसको आगो झैं फैलिने डर हुन्छ |

– सरकारले उद्योग खोल्ने भनेको छ | यदि कुनै उद्योग, कारखाना खोल्ने हो भने त्यहाँका कामदारको को*रोना परीक्षण गरेर मात्र काममा लगाउने, उनीहरुलाई बाहिरबाट नसरोस् भन्नको लागि उद्योग / कारखानामै बस्ने व्यवस्था मिलाउनु पर्छ | अन्यथा १ जना संक्रमित भए भ*याबह हुने डर हुन्छ |

– थोरै कामदार चाहिने काम जस्तै बिद्युत पोल तथा तारको ब्यबस्थापन, चक्रपथ लगायत अन्य भागमा खा*ल्डा टाल्ने काम, सडकमा रहेका मेलम्चीका पाइपको परिक्षण, भूमिगत तारको काम, अप्टिकल फा*इबरको काम, ढलको काम लगायत कामको लागि यो समय स्वर्णिम समय हो /

– नेपाललाई ठूलो ख**तरा भनेको हाम्रो खुल्ला बोर्डर हो | कारणबश बिहार र युपीमा कोरोना सं*क्रमण फैलियो भने हामीले ठूलो क्षति भोग्नुपर्ने हुन्छ | तसर्थ लकडाउनलाई भारतसंग समानान्तर रुपमा लैजानु पर्दछ | यसमा हामी अधैर्य र अपरिपक्व हुनुहुँदैन |

– को*रोना सं*क्रमण फैलियो भने हामीसंग अस्पतालमा साधनस्रोत, दक्ष जनशक्ति र लाइफ सपोर्ट प्रणाली एकदम न्यून छ |

दशौ हजारको संख्यालाई आ*बश्यक पर्न सक्ने भेन्टिलेटर देशभर १५० वटा पनि छैनन् | नयाँ भेन्टिलेटर किनेर ल्याउन असम्भब प्राय छ | भेन्टिलेटर चलाउन सक्ने जनशक्ति एकदम थोरै छ |
– सरकारले गाइडलाइन बनाएर घरमा बसेर काम गर्ने, औषधि लगायतको होम डेलिभरी गर्ने, चिकित्सकले टे*लिमेडिसिनबाट पनि उपचार गर्ने, व्यक्तिगत काम घरबाट नै गर्न मिल्ने जस्ता काममा सहयोगीको भूमिका खेलोस् |

– प्रत्येक प्रदेशमा एक \ एक वटा को*रोना हस्पिटल बनाओस् | हरेक अस्पतालमा ५-७ वटा वेड छुट्याउदा अन्य बिरामीमा सर्ने सम्भावना हुन्छ | तसर्थ सयौ वेड भएका सरकारी वा निजि वा मेडिकल कलेजलाई सरकारले Corona Dedicated Hospital बनाओस् |

– स्वा*स्थ्यकर्मीलाई अस्पतालको नजिक कुनै होटेलमा बस्ने ब्यबस्था गरोस | PPE लगायत गुणस्तरीय उपकरण ( कमिसन नखाइ ) प्रदान गरोस् |

– यो महाबिपत्तिमा सराकर, जनता सबै मिलेर, सबैजना आत्म अनुशाशन र जिम्मेवार भएर लड्नुको बिकल्प छैन |

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?