मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मलाई छ*क्याएर स्वास्थ्य सामग्री ख’रिद स’म्झौता गरियो : प्रधानमन्त्री ओली

काठमाडौं । स्वा’र्थ समूहको प्र’भावमा आफूलाई छ’क्याएर स्वास्थ्य सामग्री खरिद सम्झौता गरेकामा प्रधानमन्त्री दुई मन्त्री र सचिवालयका सदस्यसँग आ’क्रोशित भएका छन् ।

प्रधानमन्त्री केपी ओलीले अनियमितता भएको थाहा पाउनासाथ ओम्नी समूहसँगको सम्झौता तोडेका थिए ।

अचम्म त तीन घण्टा मात्र बोलपत्र आ’ह्वान गरेर सम्झौताको जिम्मा दिइएको थियो । महँगो रेटमा सामग्री खरिद गर्नेदेखि कहिल्यै स्वास्थ्य सामग्री आपूर्ति नगरेका कम्पनीलाई कमिसनका आधारमा खरिदको जिम्मा दिइएको भन्दै त्यसपछि विवाद सुरु भएको थियो ।

खरिद प्रकरणको वि’रोध हुन थालेपछि मात्र यस विषयमा प्रधानमन्त्रीले चासो देखाएका थिए । मि’र्गौला प्र’त्यारोपणपछि आराम गरिरहेका प्रधानमन्त्री ओली त्यति बेला झ’स्किए जति बे’ला खरिद प्र’करणभित्र आफ्नै सचिवालयका सल्लाहकारदेखि मन्त्रीसम्म संलग्न रहेको जानकारी पाए । उनले १६ चैतको मन्त्रिपरिषद् बैठकमा यसबारे के भएको भन्दै सोधीखोजी गरेका थिए ।

‘स्वास्थ्य उप’करण खरिदका सन्दर्भमा भएको के हो रु बाहिर अनेक कुरा किन आ’इरहेका छन् रु भ्रष्टाचार भयो भनेर त्यो विषय कसरी उठ्यो रु प्रश्न उठ्नु’का कारण के हुन् रु ’, प्रधानमन्त्रीले खरिद प्रकरणमा संलग्न मन्त्रीहरूलाई र्या’खर्याख्ती पारे ।

आफूलाई गुमराहमा राखेर खरिद प्र’करणभित्र आर्थिक अनियमितताको खेल रचेको तथ्यसहितको सूचना पाएपछि उनले यो विषयमा गम्भीर अध्ययन सुरु गरेको म’न्त्रिपरिपद् बैठकमै भनेका थिए ।

स्रोतका अनु’सार उनले खरिद प्रकरणमा बद’नियत देखिएपछि र आफ्नै भन्ने नेताहरूले आफैंलाई गुमाराहमा राखेको तथ्य पाएपछि बुधबार उनले ओम्नीसँगको सम्झौता खारेज गर्न निर्देशन दिएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?