मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

के हो त कोरोना भा*इरस महामारी नियन्त्रणको मिश्रित विपद् व्यवस्थापन प्रणाली ? : डिल्लीराज विष्ट

काठमाण्डौं । २५ गते सम्म सरकारले लक डाउन गरेको छ। यसलाई सबैले सकारात्मक भनेका छन्। केही मानिसहरू चैत्र २५ गतेपछि पनि लक डाउन अझै बढाउनु पर्छ भनिरहेको पनि सुनिन्छ। यो कुरा समय सान्दर्भिक छ जस्तो लाग्दैन। लक डाउन बढाउन विशेष कारणहरु चाहिन्छन। ६ जनामा संक्रमण देखिएको अवस्थाले देश नै बन्दी हुनु राम्रो होइन जस्तो लाग्छ। देशमा सबै जनता श्रो*त साधन सम्पन्न छैनन । निम्न वर्गीय दैनिक ज्यालादारी गरी खानेहरुको संख्या धेरै छ। मूल्य वृद्धिको सीमा छैन। दैनिक उ*पभोग्य वस्तुहरुको भण्डारण सकिनै लागेको छ । उद्योग धन्दा कलकारखानाहरु बन्द छन्। पर्यटन क्षेत्र लगायतका सबै व्यवसायहरू जटिल अवस्थामा पुगेका छन्। यस्तो बेलामा लक डाउन बढाउन उपयुक्त हो कि होइन भनेर प्रश्न उठ्नु स्वभाविक हो।

यति बेला मलाई एउटा भनाइ सम्झना आयो। नेपालमा परिवर्तन किन आउँदैन? पहिलो कुरा त धनी वर्ग मस्त छन् र वास्ता छैन। दोस्रो कुरा मध्यम वर्ग व्यस्त छन् र मौन छन्। तेस्रो कुरा निम्न वर्गको जमात ठूलो छ।त्यो वर्ग जहिलेपनि ओझेल मा पर्ने गरेको छ।अब पनि लक डाउन बढाउन आजका मिति सम्मको अवस्था हेर्ने हो भने प्रयाप्त कारण देखिँदैन। चैत्र २५ गते सम्म सरकारले लक डाउनको अवधि बढाएकोमा जनताले पूर्ण रुपमा समर्थन गरेका छन्।

कोरोना भाइरस महामारी नयाँ किसिमको संकट हो। यसको व्यवस्थापनमा विश्वमा २ किसिमका मोडलहरु देखा परेका छन्। पहिलो चीनको मोडल र दोस्रो संयुक्त राज्य अमेरिकाको मोडल । चीनको मोडल अनुसार “मौलिक हक र अधिकारहरू निलम्बन गरेर पनि जनस्वास्थ्यमा प्राथमिकता” दिइन्छ। यो कठोर रणनीतिको रुपमा देखिएको छ। यसैमा चीनले सफलता प्राप्त गरेको हो। दोस्रो अमेरिकाको व्यवस्थापन रणनीति अनुसार “जनताका मौलिक हक र अधिकारहरूलाई सम्मान गरी जनस्वास्थ्यको व्यवस्थापन” प्र*भावकारी बनाइन्छ। यो महामारी व्यवस्थापनको नरम रणनीति मानिन्छ। विश्वमा अहिलेको कोरोना महामारीको व्यवस्थापन यी दुइटै रणनीति हरु अनुसार कार्यान्वयन भइरहेको देखिन्छ।

नेपालले यस्तो अवस्थामा कोरोना भाइरस महामारी सम्बन्धी कस्तो ब्यस्थपान रणनीती अवलम्बन गर्नु उचित हुन्छ त ? मेराे विचारमा यसलाई नेपालले अवलम्बन गरेको मिश्रित अर्थ व्यवस्था संग दाज्न सकिन्छ। पूँजीवादी र समाजवादी अर्थ व्यवस्थाका सकारात्मक गुणहरू दुवैलाई समेट्ने मिश्रित अर्थ व्यवस्था नेपालको भू बनौट र सामाजिक संरचना सुहाउँदो अर्थ व्यवस्था रुपमा उपयुक्त देखिएको थियो। त्यस्तै विपत व्यवस्थापनमा चीन र अमेरिकाको दुवै मोडेलको बीचको मिश्रित विपद व्यवस्थापन रणनीति अवलम्बन गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ।

के हो त को*रोना भा*इरस महामारी नियन्त्रणको मिश्रित विपद् व्यवस्थापन प्रणाली ? यहाँ गरीब देशका जनताको जीवनस्तर र जनस्वास्थ्य दुबैको सम्मान गर्ने मध्यम स्तरिय मोडल हो यो । यसमा लक डाउन चैत्र २५ गते सम्म उपयुक्त समय हो र सकारात्मक पनि छ। त्यसपछि हाम्रो गरीब देशमा लक डाउन थप गर्दा जनजीवन अस्त व्यस्त हुन्छ। दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति र निम्न वर्गीय जनताको जन जीवनमा गम्भीर असर पर्छ। मूल्य वृद्धि आकसिदै जान्छ।

त्यसैले यो मिश्रित रणनीति अनुसार अन्तर्राष्ट्रिय उडानहरू अझै केही हप्ता सम्म स्थगित गर्ने र सीमा नाकाहरुमा केही समय सम्म आवागमन बन्द नै उचित छ। तर देश भित्रको आन्तरिक जनजीवन सामान्य बनाउनु पर्छ। आन्तरिक उडान सुचारु गर्नु राम्रो हुन्छ। सरकारी सबै कार्यालयहरू सञ्चालन गरेर जनताका कामहरू सुचारु गर्नु उपयुक्त हुन्छ।तर सेवाग्राही र सेवा प्रदायक निकायहरुले स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बनको अनियार्य व्यवस्था गर्नु राम्रो हुन्छ। यो अवधिमा लक डाउन भन्दा पहिले विदेशबाट नेपाल आएका र सीमा क्षेत्रमा अलपत्र परेका सबैलाई क्वारेन्टाइनमा राखी व्यापक ल्याब परीक्षण गरिनु पर्छ। सिनेमा हल र रेष्टुरेन्टहरु केही समय बन्द राख्नु ठीक हुन्छ।

सार्वजनिक स्थानहरुमा ओहोर दोहोर गर्दा सुरक्षाका उपायहरू सबैले प्रयोग गर्नु पर्ने बाध्यात्मक व्यवस्था गर्नु राम्रो हुन्छ। यही हो नेपालको माटो सुहाउने मिश्रित महामारी व्यवस्थापन रणनीति। यसले जनताको जनजीवनमा भौतिक रुपमा दिएको राहत सामग्री भन्दा बढी सहजता र प्रभावकारिता आउन सक्छ।

कोरोना भा*इरसको विनासकारी यो महामारीले हालसम्म नेपालमा खासै प्रभाव नपरेको र विश्व स्तरमा यो कति अवधि सम्म विस्तार हुने हो र कहिले निष्क्रिय हुने हो ? अझै विस्तार हुने हो कि संकुचन भएर निष्क्रिय हुने हो कुनै संकेत देखिएको छैन। अहिले सामान्य अवस्थामा नै जनजीवन लक डाउनले अस्तव्यस्त गरी राखेपछि भविष्यमा महामारी संक्रमण अझै विस्तार भयो भने कहिले सम्म लम्ब्याई रहने ? सामान्य अवस्थामा जनजीवन त सामान्य रुपमा संचालन हुनु पर्छ भन्ने हो । तर्क वितर्क धेरै हुन सक्लान् तर देशको आर्थिक अवस्था, आपूर्ति व्यवस्था, निम्न वर्गमा पर्न गएको गम्भीर प्रभाव, अस्वाभाविक मूल्यबृद्धि र जनस्वास्थ्य समेतलाई ध्यानमा राखी निर्णय गर्नु पर्छ जस्तो लाग्छ।

महामारीको सन्दर्भमा आजभोलि नेपालको अवस्था सामान्य नै मान्नु पर्छ। ६ जना संक्रमित देखिएकै कारण देखाई यही अवस्थामा चैत्र २५ गते पछि अब लक डाउन थप गर्नु उपयुक्त देखिँदैन। देश भित्रको पछिल्लो अवस्था, छिमेकी देशहरू र विश्व परिवेशलाई समेत मध्यनजर गरी पछिल्लो परिस्थिति अनुसार पछि पनि पुनः लक डाउन गर्न सकिने भएकाले अन्तर्राष्ट्रिय उडानहरू र विदेशी आवागमन रोकेर आन्तरिक जनजीवन चलायमान गर्नु, आन्तरिक उडानहरू सुचारु हुनु तथा सरकारी कार्यालयहरु सञ्चालन गरी दैनिक काम कारवाही सुचारु गरिनु जरुरी छ।

सरकारी कार्यालय हरुमा र सार्वजनिक स्थानहरुमा ओहोर दोहोर गर्नेहरू सबैले सुरक्षाका सामग्रीहरू प्रयोग गर्ने समेतका बाध्यात्मक मापदण्डहरु व्यवस्था गरिनु पर्छ। संकटको समयमा यो मेरो सानो सुझाव जनहितमा देखिएकोले रणनीति निर्माणको लागि सहयोगी हुने देखेर सुझावको रुपमा पेश गरेको छु।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?