मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

जम्मु-कश्मिरको वायु नेपालतिर : वर्षा र हिमपात हुने

1 min read

काठमाडौं : भारतको जम्मु-कश्मिरमा विकसित पश्‍चिम न्यूनचापीय प्रणाली नेपालतिर प्रवेश गर्दैछ। यो प्रणाली मंगलबार रातिदेखि नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार मौसम सामान्य रहेपनि बुधबारदेखि सामान्य बदली भइ पश्चिमी र

पूर्वी पहाडि भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। शुक्रबार र शनिबार पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद‍् वरुण पौडेलले जानकारी दिए। उनले भने,’ न्यूनचापीय प्रणाली नेपालको पश्चिम भू-भागबाट प्रवेश गर्दै पूर्वसम्म पुग्नेछ। जसले गर्दा सुदूरपश्चिमको उच्च पहाडि तथा हिमाली क्षेत्र र पूर्वी पहाडि भू-भागमा वर्षा र हिमपातको संभावना छ।’ यो प्रणाली आइतबारसम्म सक्रिय रहने मौसन पूर्वानुमान महाशाखाको अनुमान छ। हिमपात र वर्षपछि देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ।

तीन दिनमा कहाँ के हुँदैछ ?
पौष १५ गते
देशको पश्चिमी तथा मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष १६ गते
देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी र पूर्वी पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडि र हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपात र पानी हुने संभावना छ। देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडि र हिमालि भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

पौष १७ गते
देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। उच्च पहाडि र हिमालि भू-भागमा मध्यमदेखि भारी हिमपातको संभावना रहेको छ।उच्च पहाडि र हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपातको संभावना रहेको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?