मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

स्वास्थ्यमन्त्री ढकाल भन्छन् : मेडिकल उ’पकरण ख’रिदमा उठेका प्रश्नको ज’वाफ दिनुपर्छ भन्ने छैन।

मेडिकल उपकरण खरिदमा उठेको प्रश्नको जवाफ दिनुपर्छ भन्ने मैले ठानेको छैन । खरिद प्रक्रियामा कुनै पनि तलमाथि भएको छैन ।काम नहुँदासम्म सामान भएन भनेर जनतालाई नि*राश बनाउने, सामग्रीहरू पाएपछि अ*नियमितता गर्‍यो भनेर अतिरञ्जित गर्नु आश्चर्य हो ।यी चिन्तन–प्र*वृत्तिहरू सरकारको काम र व्यवहारबाट ध्व*स्त हुँदै जानेछन् ।

यस्ता व्यक्तिलाई ज*वाफ दिनैपर्छ भन्ने छैन । हामी व्यवहारबाट नै जवाफ दिनेछौँ ।स्वास्थ्य मन्त्रालयका सबै साथीहरू शब्दमा जुहारी खेल्नेभन्दा कामबाट जवाफ दिने तयारीमा हुनुहुन्छ ।समयले यसको जवाफ सबैलाई सन्तुष्ट हुने गरी दिनेछ ।

नेपाल सरकारलाई सात प्रश्न : यो भ्र*ष्टाचार होइन भने के हो ?

१. चीनमा पहिलोपटक कोरोना देखिएको ३१ डिसेम्बर अर्थात् १५ पुसमा हो । २३ जनवरी अर्थात् ९ माघमा वुहान ल*कडाउन भएपछि विश्वको ध्यानाकृष्ट भयो । त्यसयताका ६७ दिनसम्म नेपाल सरकार किन मौन बस्यो ?

२. कोरोनाले ची*नबाट दक्षिण कोरिया, जापान, इटाली हुँदै सिंगो युरोप र अ**मेरिका लपेट्दा संयोगले नेपालले असाधारण मौका पाएको थियो । त्यो मौकाको सदुपयोग नेपाल सरकारले के काममा गर्‍यो ?

३. वुहान ल*कडाउन भएदेखि पूर्वतयारीका लागि स्वास्थ्य उपकरण किन्न नेपाल सरकारले सम्बन्धित कम्पनीहरूबाट टेन्डर आह्वान गरेको थियो । २५ माघमा टेन्डर आह्वान गरिएपछि १९ कम्पनीले कोटेसन बुझाएका थिए । तर, दुई महिनासम्म ती कोटेसन सरकारले किन दराजमा थन्क्यायो ?

४. गत सोमबार ल*कडाउन गरियो । पुराना टे*न्डर रद्द गरेर तीन घन्टाभित्र नयाँ को*टेसन दिन कम्पनीहरूलाई किन आह्वान गरियो ? ६२ दिन मौन बसेर तीन घन्टाभित्र नयाँ प्रस्ताव मागेको सरकारले खासमा कसको सेवा गर्न खोजेको हो ?

५. सा*र्वजनिक खरिद ऐनले प्रतिस्पर्धा गराउन भन्छ । प्रतिस्पर्धा गराउनका लागि नेपालसँग पर्याप्त समय थियो । तर, जानाजान इमर्जेन्सी खडा गरेर सामग्री खरिद गर्नु भ्र*ष्टाचार हो कि होइन ? आज ज*नताले मागेको र भोलि कुनै संवैधानिक निकायले प्रश्न सोधेमा जवाफदेही हुने को हो ?

६. चिनियाँ दूतावास र सि*चुवान प्रान्तले दुई सय ८० रुपैयाँ (१६.५० युआन) मा दिएको एन–९५ मास्क नेपाल सरकारले आठ सय ३३ रुपैयाँ (सात डलर) मा कसरी किन्यो ? त्यस्तै, चिनियाँ सरकारले पाँच सय पाँच रुपैयाँ (३० युआन) का दरले दिएको प्रोटेक्टिभ गगल्स नेपाल सरकारले २१ सय ५२ रुपैयाँ (१८ डलर) केको आधारमा तिर्‍यो ?

चिनियाँ सरकारले चार हजार सात सय १८ रुपैयाँ (दुई सय ८० युआन) मा दिएको इ*न्फ्रारेड थ*र्मोमिटर नेपाल सरकारले किन्दा सात हजार सात सय ७१ (६५ डलर) कसरी पर्‍यो ? यो भ्रष्टाचारको ज*वाफदेही नेपाल सरकारको कुन विभाग र कुन पदाधिकारी हुने ?

७. अ*ख्तियारको उपयोग नगर्नु, समयमा निर्णय नगर्नु र सा*र्वजनिक ढुकुटीमा क्षति पुर्‍याउनुलाई पनि भ्र*ष्टाचार भनिन्छ । यो भ्रष्टाचारको जवाफ कसले दिने हो ? नयाँ पत्रिका

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?