मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्र’धानमन्त्रीको नजिक देखिएर ब*दमासी ग’र्नेहरु धेरै छन् : सांसद महेश बस्नेत

भक्तपुर,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सां’सद महेश बस्नेतले विकास र समृद्धिको यात्रालाई पुरा गर्न तथा जनताको तिव्र विकास प्रतिको चाहना पुरा गर्न प्र’धानमन्त्री केपी शर्मा ओलीले अब त’त्काल तीन विषयमा बोल्ड निर्णय गर्नुपर्ने बताएका छन्।

उनले भनेका छन, ‘म’लाई मुख्य तीन का’रण छ जस्तो लाग्छ। एउटा, प्रधानमन्त्रीले जुन गतिका साथ मु’लुकलाई अघि लैजानका लागि भ्र’ष्ट्राचार, अ’नियमितता रोक्ने, हुन नदिने, विगतमा भएका अनियमितताको छानबिन गरी का’रबाही गर्ने लक्ष्य लिनुभयो, त्य’सअनुसार जनतासँग प्र’धानमन्त्रीको सम्ब’न्ध व्य’वस्थित र सुमधुर हुने खालको ‘च्यानल’ ब’नाउनुपथ्र्यो, त्यो बन्न सकेन। सुशासन कायम गर्न चाहने शासक जहिल्यै पनि जनतासँग नजिक हुनुपथ्र्यो। तर, स’ल्लाहकार र स’चिवालयमा ज’नतासँग न’भिजेको, जनताबाट म्यान्डेट नपाएको टिम भएका कारण जनता र प्रधानमन्त्रीबीचको सम्ब’न्ध सु’मधुर बनाउनुपर्ने च्यानल नै व्यवस्थित हुन सकेन।

त्यसकारण जनताका कुरा, जनप्रतिनिधिका कुरा नै प्रधानमन्त्रीकहाँ पुग्न सकेन। प्रधानमन्त्रीलाई मैले जुन स्व\च्छ भावनाका साथ काम गरिरहेको छु, त्यो नै ठीक हो भन्ने लागिरह्यो। तर, त्यसलाई जनताले कसरी लिएका छन् भन्ने प्रतिक्रिया सही ढंगले त्यहाँ पुर्‍याउन सल्लाहकार तथा स’चिवालय टिमले ध्यान दिनै सकेन।

दोस्रो, पा’र्टीभित्रको अन्तरविरोधमाथि खे’लेर, चर्काएर ना’फा लिन खोज्ने शक्तिहरू निकै सक्रिय छन्। तर, त्यो सक्रियतालाई निस्तेज पार्न प्रधानमन्त्री र पार्टी अध्यक्षको टिम परिचालित हुन सकेन। जस्तै, पार्टीभित्र कहिले प्रचण्डलाई, कहिले माधव कमरेडलाई, कहिले केपी कमरेडलाई लगेर के–के भन्दिएको छ। यसरी तीनजना शीर्ष नेताको बीचमा तीन–चारवटा धुरी ब’नाएर त्यसबाट लाभ लिने र परिआउँदा सत्ता नै ढा’ल्नेसम्मको खेल पनि गर्ने चालबाजी तथा योजनाबद्ध प्रयास भएका छन्। त्यसलाई नि’यन्त्रण गर्न, न्यूनीकरण गर्न शीर्ष नेताको ध्यान नपुगेको हो कि भन्ने मलाई लाग्छ।

तेस्रो, वि’गतदेखि नै स’त्तामोहमा लु’टपुटिएको पार्टी र सत्ताबाट असंख्य लाभ लिएका व्यवसायी तथा व्यापारीको ठूलो पंक्ति छ। उ’नीहरूमा विगतमा जायज, ना’जायज सबै कामलाई आफ्नो धन्दा बनाएको, तर अहिले सोचेअनुसार नभएकोमा छटपटाहट छ । यद्यपि, सरकारसँग विविध हिसाबले सम्बन्ध बनाएर, झुक्याएर, भ्रममा पारेर अथवा के–के गरेर लाभ लिन सक्ने घेराले भने लाभ लिएकोलियै छ।

उदा’हरणका लागि चाहे स्वास्थ्य मन्त्रालयको औषधि खरिद प्रकरण होस् या चाहे गोकुल बाँस्कोटासँग जोडिएको प्रकरण। दुवैमा उहाँहरू संलग्न हुनुभएको होइन, तर उहाँहरूलाई झुक्याएर अथवा विषयविज्ञताको अ’भावबाट फाइदा लिएर जुन ढंगले प्रभावित पारियो, त्यसैको परिणाम हो, उहाँहरू जो’डिएको विवाद। ती प्रकरणमा गल्तीभन्दा पनि ढंग नपुग्दा, सु’झबुझ नपुग्दा उहाँहरूमाथि जनआक्रोश उत्पन्न हुने स्थिति बनेको हो भन्ने मलाई लाग्छ।

अतः अब प्र’धानमन्त्रीले तीनवटा बोल्ड निर्णय गर्नुपर्छ, यसअघिका ती क’मीकमजोरी सच्याउने गरी नै गर्नुपर्छ। पहिलो, जनता र का’र्यकर्तासँगको सम्बन्ध र संगठनलाई म’जबुत बनाउने कुरामा प्रधानमन्त्रीको रा’जनीतिक वा स’ल्लाहकार टिम तथा सचिवालय टिममा त्यस तहका मान्छेको छनोट गर्नुपर्छ। को–को गर्ने उहाँले नै विचार गर्नुभएको होला। दोस्रो, पार्टीनेताहरूबीचको सम्बन्ध सुमधुर बनाउने र रहेका ग्या’प तथा अ’समझदारी हटाउने कुरामा पार्टीको दोस्रो र तेस्रो तहका ने’तालाई परिचालित गर्नुपर्छ। ग्याप र असमझदारी बढाउन भूमिका खे’ल्नेहरूको पहिचान गर्नुपर्छ। तेस्रो, स्वार्थ बोकेका व्यापारी–व्यवसायी समूहलाई नजिक आउनबाट रोक्नुपर्छ।

जो अनावश्यक ढंगले टाढिएका छन्, चलखेल गर्न खोज्दै छन्, जायज माग छ भने सुनिदिनुपर्छ, छैनन् भने जेल हाल्ने हो कि, थुन्ने हो कि, आ’पराधिक गतिवधिमा छन् भने का’रबाही गर्ने हो कि, त्यो पाटोमा विगतमा जसरी नै अघि बढ्नुपर्छ। सायद प्र’धानमन्त्रीले गर्ने बोल्ड निर्णय यिनै होला। न कि प्रधानमन्त्रीको नजिक रहेर, अरूको सत्तोसराप गरेर प्रधानमन्त्रीको सेवा गरेजस्तो मोडलबाट केही हुन्छ जस्तो मलाई लाग्दैन ।’ नयाँ प’त्रिका दैनिक

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?